डडेलधुरा जिप दुर्घटना अपडेट ः मृतकको सनाखत, चालक समातिए, नामावली सहित

Published by:

Published on:

डडेलधुरा । डडेल्धुराको परशुराम नगरपालिका(९ नौलामा भएको जिप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका(९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका(७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परी ९ जना घाइते भएको जनाइएको छ। घाइतेको भने महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जिप कञ्चनपुर र डडेलधुराको सीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो। जिप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जिपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ। चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार