महेन्द्रनगर । एनएमबि बैक लिमिटेड महेन्द्रनगर शाखाद्धारा )साईकल स्टेण्ड निर्माण गरिएको छ । एनएमबि बैक लिमिटेड महेन्द्रनगर शाखाको आर्थिक सहयोग तथा सामाजिक उत्तरदायित्व कार्य अन्र्तगत विद्यालयमा साईकल स्टेड निर्माण गरिएको हो ।
विद्यार्थीहरुलाई साईकल राख्न सहज र सुरक्षित हुने साथै विद्यार्थीको शैक्षिक विकासमा समेत सहयोग हुने उदेश्यले विद्यालयलाई साईकल स्टेण्ड निर्माण गर्न आर्थीक सहयोग गरेको छ । बिद्यालयमा बुधवार आयोजित कार्यक्रममा बैंकका सुदुरपश्चिम तथा कर्णाणी प्रदेश प्रमुख श्याम अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रराज विष्टले संयुक्त रुपमा साईकल स्टेण्डको समुदद्याटन गर्नु भएको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट बरिष्ठ एरिया मेनेजर शुसिल बहादुर सिँह, महेन्द्रनगर शाखा प्रवन्धक खेमराज उपाध्याय, विजनेश डेभलोप्मेन्ट म्यानेजर अन्जु भट्ट र विद्यालयका तर्फबाट प्र।अ। देवराज भट्ट, सहायक प्रअ भुवनदेव लेखक, सरस्वती भाट, शिक्ष
प्रतिनिधी विर बहादुर भण्डारी, लेखापाल महानन्द पाण्डेय, रेडक्रस संयोजक विष्णुदत्त भट्ट, विद्यालय व्यवस्थापन समिति
सदस्यहरु र शिक्षक शिक्षिकहरुको उपस्थिती रहेको थियो ।
