बाजुरामा स्कारपियो दुर्घटनामा परी शिक्षिका सहित दुईको मृत्यु, तिन घाईते

Published by:

Published on:

महेन्द्रनगर । बाजुराको सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना हुँदा शिक्षिका सहित दुईको मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कञ्चनपुरको भीमदत्त नगरपालिका १७ बासखेडा घर भएकी ३१ वर्षया गायत्री पन्त र भीमदत्त नगरपालिका १८ की ५२ वर्षिया राधिका भट्ट रहेकी छन् ।

३१ वर्षया गायत्री पन्त भीमदत्त नगरपालिका १० मा रहेको माई सेन्सुरियम स्कुलकी शिक्षिका हुन । पन्तको घटनास्थलमै र भट्टको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस्तै, दुर्घटनामा परेर तीन जना घाइते भएका छन् । त्यस्तै दुर्घटनामा परेर गौमुल गाउँपालिकाका अन्दाजी २५ वर्षका रमेश धामी, कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का ३९ वर्षीया लोकेन्द्र पन्त, गुलरियाका मोहनदेव भट्ट रहेका छन् । घाइते ३ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ ।

आइतबार दिउँसो सुपप्र ०१००१ च ४३१६ गाडी बडीमालिका नगरपालिका ८ को अपी होटल नजिकैबाट करिव १ सय मिटर तल खसेर दुर्घटनामा परेको थियो ।

यसैगरी बाजुरमा अर्को जिप दुर्घटनामा पर्दा ७ जना घाईते भएका छन् । जिल्लाको हिमाली गाउँपालिका वडा न ६ स्थित धिम गाउँमा जिप दुर्घटना हुदा ७ जना घाइते भएका छन् । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना भई ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घाइते ७ जनाको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जनाएको छ । घटनामा परेका घाइतेको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । गाडी अनिनयन्त्रित भइ सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार