काठमाडौँ । झापामा ८३ वर्षीया वृद्धाको हत्या भएको छ। शनिबार अपराह्न हत्या गरेको अवस्थामा झापा गाउँपालिका वडा नम्बर ६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको शव फेला परेको हो।
हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका(७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका(७ २४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ।
वृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए। यादवद्वयलाई झापा गाउँपालिका वडा नम्बर ७ कै मदरगाछबाट पक्राउ गरिएको चन्दले बताए।
वृद्धाको हत्या गर्नुको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।