महेन्द्रनगर । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कञ्चनपुरको अध्यक्षमा गुणाकर अवस्थी चयन भएका छन ।
शनिबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कञ्चनपुरको १८औँ बार्षिक साधारण सभा तथा ८औँ जिल्ला अधिवेशनका अध्यक्षमा अवस्थी चयन भएका हुन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कञ्चनपुरका उपाध्यक्ष समेत रहेका जगन्नाथ पुस्तक पसलका संचालक नवराज भट्ट सहमतीय आधारमा जिल्ला कार्य समिति चयन गरिएको बताए ।
उपाध्यक्ष नवराज भट्ट, सचिव बिनोद बोगटी, सह सचिव गज बहादुर बोहरा, कोषाध्यक्ष दिनेश खडायत, सदस्य मान सिह ऐर, प्रदिप विष्ट, धन बहादुर विष्ट, राजेन्द्र बोहरा, मान ब। कार्की, रमेश प्रशाद जोशी रहेका छन । मेघराज बोहरा, महेश प्रशाद जोशी र कृष्णराज भट्ट सल्लाहकार रहेका छन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कञ्चनपुरको अध्यक्षमा गुणाकर अवस्थीले स्टेशनरी तथा पुस्तक व्यवसायीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कञ्चनपुरका निर्वतमान अध्यक्ष धर्मानन्द भट्टको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ केन्द्रीय सदस्य शंकर दत्त भट्ट प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा पुस्तक तथा स्टेसनरी व्यवसायीद्वय महेश प्रशाद जोशी, चक्र बहादुर साउद बिशिष्ठ अतिथि रहेका थिए । कार्यक्रममा जिल्लाका पुस्तक तथा स्टेसनरी व्यवसायीको सहभागिता रहेको थियो ।