महेन्द्रनगर । कैलालीस्थित एक सामुदायिक विद्यालयका कलिला विद्यार्थीलाई क्रिश्चियन धर्म परिवर्तन गराउन प्रवचन दिँदै हिँडेका एकजना पक्राउ परेका छन् ।
लम्कीचुहा नगरपालिका–१ स्थित लम्की सामुदायिक चर्चका पास्टर जन्मजय भट्टराईलाई प्रहरीले पक्राउ गरेको हो । उनले विद्यार्थीलाई क्रिश्चियन धर्मतिर आकर्षित गर्न विद्यालयमै पसेर प्रवचन दिएको भिडिओ भाइरल भएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पदमबहादुर विष्टका अनुसार भट्टराईलाई विद्यार्थीमाझ धर्म परिवर्तन गराउने गतिविधि गरेको अभियोगमा पक्राउ गरिएको बताए ।
धर्म परिवर्तन शीर्षकमै किटानी जाहेरी लिएर इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेका उनलाई अदालतबाट म्याद थपिएको छ । भट्टराईले क्रिसमस डेको पूर्वसन्ध्यामा लम्की क्षेत्रका विद्यालयमा पुगेर शैक्षिक सामाग्री बाँड्ने भन्दै विद्यार्थीलाई क्रिश्चियन धर्ममा लाग्न प्रेरित गरेको भिडियो भाइरल भएको छ।
