महेन्दनगर । कञ्चनपुरको दोधारा चाँदनीमा १३ औं नगर सभा सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको १३ औं नगर सभा अर्थात हिउँदे अधिबेशन भब्यताको सम्पन्न भएको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।
१३ औं नगर सभामा चालु तर्फका शिर्षकबाट ८१ लाख ४८ हजार घटाई योजनाहरुमा विनिोजन गर्ने निर्णय सम्बन्धी प्रस्ताव पेश भएको नगर प्रमुख किशोर कुमार लिम्बुले बर्ताए । दोधारा चाँदनी नगरपालिकाको १२ औं नगर सभाबाट बिभिन्न योजना तथा कार्यक्रमहरुमा बजेट बिनियोजन भई कार्यान्वयनको चरणमा रहेका केही सम्पन्न भईसकेका र केही कार्यक्रमहरु संशोधन गरि हालको परिप्रेक्षमा जनभावना अनुसार बजेट बिनियोजन गर्दा जनताको थप धेरै समस्या समाधान हुने भएको हुदा संशोधन सम्बन्धी प्रस्ताव पेश सहित नगर सभाले निर्णय पारित गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले बताए ।
लिम्बुले चालु तर्फको बजेट शिर्षक मध्य कर्मचारी प्रारिश्रमिक बाट २१ लाख ,पदाधिकारी पारिश्रमिक १५ लाख ,अन्य सेवा शुल्क,५ लाख,विशिष्ट व्याक्ति भ्रमण खर्च ५ लाख,कर्मचारी भ्रमण खर्च ५ लाख,पदाधिकारी भमण खर्च ५ लाख,घर भाँ सुन्य समयमा सभामा सदस्यहरुबाट उठेका प्रश्नको जवाफ नगर प्रमुख किशोर कुमार लिम्बु र नगर उपप्रमुख गंगा देबी जोशीले दिनुभएको छ् ।
डा ५ लाख,बेरुजो दाखिला ४ लाख,ईन्धन चार लाख ४८ हजार,पोषाक खर्च २ लाख,योगदान आधारित निवृत्तिभरण कोष बाट घटाई नयाँ योजनामा थप गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
दोधारा चाँदनी नगरपालिकालाई समृद्धि नगरपालिका बनाउन गरिएका बिभिन्न योजना तथा कार्यक्रम माथी छलफल गरिएको नगर प्रमुख लिम्बुले बताए । । नगर सभामा नगर बस सेवा, बाढीको समस्या, वन्यजन्तुको आतंक, छाडा चौपाया व्यवस्थापन, सडक निमार्ण लगाएत बिषयमा गहन छलफल सहित निर्णय गरिएको लिम्बुले बताए ।
नेपालकै भौगोलिक अवस्थाको आधारमा पनि ऐतिहासिक रहेको दोधारा चाँदनी नगरपालिकाको विकासमा कुनै पनि कसर नछाडिने नगर प्रमुख किशोर कुमार लिम्बुले प्रतिबद्धता व्यक्त गर्नुभएको छ् । ‘समृद्ध नगर खुशी नगरवासी, स्थिर र दिगो विकासको लागी’ नारा सहित दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बिकासका योजनाहरु दु्रत गतीमा संचालनमा ल्याउन सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
दोधारा चाँदनी नगरपालिका– ३ का वडाध्यक्ष तथा नगर प्रबक्ता हरिसिंह धनाडीले नगर सभामा उठेका समस्या तथा बिकास कार्यलाई कार्यपालिका बैठक तथा नगर सभाबाट प्राथमिकताको आधारमा पुरा गरिदै लगिने प्रतिबद्धता जाहेर गर्नुभएको छ् ।
नगर क्षेत्रमा बाढीको समस्या, नगर बस सेवा, वन्यजन्तुको नियन्त्रण, नगर स्तरिय खेलकुद मैदान लगाएत बिषयमा सभामा ब्यापक छलफल गरिएको बताउनुभयो ।


