कञ्चनपुरमा प्रहरीले जवानले आफैंले आफैंलाई गोली हानेपछी…

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा एक प्रहरीले आफैंले आफैंलाई बन्दुकको गोली हानेर घाइते भएका छन्। आज शुक्रबार जिल्ला प्रहरी कार्यालयको प्रवन्ध शाखामा कार्यरत प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैंलाई गोली हानेर घाइते भएका हुन्।

गोली लागेपछि गम्भीर घाइते भएका न्यौपानेलाई अहिले तत्कालै महाकाली अस्पतालमा उपचारका लागि लगिएको डीएसपी उमेशराज जोशीले आभाष डटकमलाई बताए । जोशीका अनुसार अहिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

आज प्रहरी कार्यालयमा फायरिङ तालिम संचालन गरिएको थियो। ती गोली हान्ने जवान प्रवन्ध शाखामा हतियार मिलाउने, सफा गर्ने र रेकर्ड राख्ने जिम्मेवारीमा थिए। उनले हतियार राख्ने क्रममा एक्लै भएका बेला आफैंले आफैंलाई टाउकोमा पेस्तोलको गोली हानेको बुझिएको छ।

अहिले घटना कसरी र किन भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार यो घटना आत्महत्याको प्रयास भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि, यसबारे विस्तृत विवरण आउन बाँकी छ।

ताजा समाचार

सम्बन्धित समाचार