महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ ले जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल र टोपी वितरण गरेको छ ।
सामाजिक उत्तर दायीत्व अन्र्तगत चिसोको काराण जेष्ठ नागरिकहरुको स्वास्थ्यमा पार्ने सक्ने समस्यालाई मध्यनजर गर्दै तथा सम्मानमा वडामा रहेका ७५ वर्ष माथिका ९६ जना जेष्ठ नागरिकहरुलाई न्यानो कम्बल तथा टोपी वितरण गरिएको भीमदत्त नगरपालि वडा न १६ का अध्यक्ष केशव शिह विष्टले बताएका छन् ।
विष्टले वडाको वार्षिक बजेटबाट वडा कमिटिको तर्फ बाट जेष्ठ नागरिक आमा बुवालाई सम्मान तथा उपहार दिन पाउदा निकै खुसी लागेको बताए ।भीमदत्त नगरपालिकाको सामाजिक उत्तर दायीत्वको कार्य अनुसार वडाले वडामा रहेका जेष्ठ नागरिकहरुको प्रत्येक महिना घरदैलो गर्दैै निशुल्क स्वास्थ्य चेकजाँच कार्यलाई समेत निरन्तरता दिदै आईरहेको बताए ।

साथै वडामा रहेको शहरी स्वास्थ्य केन्द्रमा जेष्ठ नागरिकहरुका लागि ल्याव टेष्ट लगाएका विभिन्न स्वास्थ्य परिक्षण निशुल्क गरिएको बताएका छन् । भीमदत्त १६ को बजेट अभावका कारण ७५ बर्ष माथिका जेष्ठ नागरिक आमाबुवालाई मात्र कम्बल र टोपी वितरण गर्ने सकिएको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश बहादुर बंमले बताए ।
बंमले ६८ बर्ष माथिका सबै जेष्ठ नागरिक भएकाले अब उपरान्त कार्यक्रमहरुमा उहाँहरुलाई समेत समेट्ने प्रतिबद्धता जाहेर गरेका छन् ।सानै भएपनि राज्यको तर्फबाट पाएको यो सम्मानलाई उपहार समझेर जेष्ठ नागरिकहरुले ग्रहण गर्नु पर्ने बंमको भनाई रहेको थियो । कार्यक्रमममा जेष्ठ नागरिक समाज कञ्चनपुरका अध्यक्ष धन बहादुर खडायत,सरस्वती मावि परखेडीका विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष,राजनितिकर्मी,समाजसेवी,लगाएतको उपस्थिति रहेको थियो ।



