कैलालीकी प्रमिलाले १ करोड रुपैयाँ हात पारेपछिएक करोड जितेपछि

Published by:

Published on:

महेन्द्रनगर । कैलालीकी प्रमिला रोकायाले एक करोड रुपैयाँ हात पारेकी छन्। विदेशमा कमाएको रकम आइएमई गर्दा उनले १ करोड रुपैयाँ हात पारेकी हुन्।

जापानको क्योदाइबाट आइएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोडको चेक हस्तान्तरण गरिएको हो। गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायलाई शनिबार कैलाली पुगेर ग्लोवल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका छन्।

चेक बुझेपछि प्रमिलाले आइएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबा आमाका लागि घर बनाइदिने योजना बनाएको बताएकी छन्। गत असोजमा आइएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौंमा सार्वजनिक लक्की ड्रमार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल भएकी थिइन्।

ताजा समाचार

सम्बन्धित समाचार