परशुराम नगरपालिका द्वारा महाकाली नदिमा र्‍याफ्टिङ संञ्चालन,दिगो पर्यटन विकासमा नयाँ आयाम थपिदै

Published by:

Published on:

महेन्द्रनगर । नेपाल–भारत सीमा नदी महाकालीमा व्यवसायिक र्‍याफ्टिङ ९जलयात्रा० को औपचारिक सुरुवात गरिएको छ।

परशुराम नगरपालिकामा सम्पन्न दुई दिने मेयर सम्मेलनको समापनपछि जलयात्रा सुरु गरिएको हो। परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीका अनुसार निजी क्षेत्रको सहकार्यमा नगरपालिकाले महाकाली नदीमा र्‍याफ्टिङ सञ्चालन गरेको हो।

मेयर जोशीले नगरपालिकासँग हाल दुई वटा र्‍याफ्ट रहेको जानकारी दिँदै जलयात्रा प्रवर्द्धन तथा दिगो पर्यटन विकासका लागि महाकाली घोषणापत्र जारी गरिएको बताए। घोषणापत्रमा डडेल्धुराको परशुराम, कञ्चनपुरको भीमदत्त नगरपालिका , बैतडीको दशरथ चन्द, र दार्चुलाको महाकाली नगरपालिकाले जलयात्रा सञ्चालन र दिगो विकासमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार