कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिमा १० बर्ष देखि बाझो रहेको घर आसपास क्षेत्रमा गाडिएको अवस्थामा एक सालको गोलीया र बाझो गोठबाट सालका चौखट बरामद गरिएको छ ।
बेलडाँडी गाउँपालिका वडा नं.२ गाउँपालिका नजिक बासुदेव ओझाको बाझो पुरानो घर भएको एरियामा गाढेको अवस्थामा १ सालको गोलिया भेटिएपछि बेलडाँडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ नेतृत्वको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले अन्य ठाउँमा समेत खान तलासी गरेको छ । उपाध्यक्ष शान्ति नाथकै छिमेकी रहेका ओझा परिवार र उपाध्यक्ष शान्ति नाथ वीच १० बर्ष भन्दा लामो समय देखि जमिनको विबाद हुदै आएको थियो । उक्त विवाद जिल्ला अदाल सर्बोच्व अदालत पुगेको थियो ।
जिल्ला अदालतले र सर्बोच्व अदालतले ओझा परिवारको पक्षमा फैसला सुनाएको थियो । अदालति प्रक्रियाबाट फैसला अनुसारको जमिन छुट्याउन अदालका कर्मचारी सहितको टोली हिजो मंगवार बेलडाँडी पुग्यो । जमिन छुट्याउने क्रममा ओझाको घर अगाडीको ऐलानी जमिनमा किल्ला हान्ने क्रममा काठ भेटिएको उपाध्यक्ष निकट श्रोतले बताएको छ ।
गोलीया भेटिएपछि उपाध्यक्ष नाथले निकुञ्जलाई खवर गर्यो र पालिकाको जेसीबी मगाएर उक्त क्षेत्र आसपास र गोठमा समेत थप डोजर चलाएर खान तसासी गर्न लगायो । अदालतको फैसाला अनुसार जमिन नपाउनको लागि महेन्द्रनगर बस्दै आएका ओझा परिवारका बुवा छोरा बेलडाँडी पुगेका बेला जमिनमा काठ लुकाएको आरोपमा उनीहरुलाई प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन लगाइयो ।
हिजो साझ ४ बजे देखि नियन्त्रणमा लिएका बुवाछोरा मध्ये छोरालाई राती करिब ८ बजे तिर छोड्यो र बुवालाई छोड्न नसकिने भन्दै निकुञ्जले नियन्त्रणमा लियो । ओझा परिवारले त्यो काठ कसले हालेको हुन आफुहरुलाई कुनै थाहै नभएको बताउदै आएका छन् भने यता उपाध्यक्ष शान्ति नाथले काठ कहाँ लुकाएको छ मलाई सब थाहाँ छ भन्दै घरओरिपरि आफु खुसी डोजर चलाउन लगाएका छन् । १० बर्ष देखि घर छोडेका आझो परिवार उक्त गाउँकै शिक्षित परिवारका रुपमा चिनिन्थे ।
आफुहरु घरमा नभएको मौका छोपेर कसले मेरो घर नजिक काठ गड्यो त्यो अनुसन्धानबाट खुल्नुपर्ने ओझा परिवारको माग छ । काठ तस्करको आरोप लगाउदै उपाध्यक्ष नाथले ओझा परिवारका बुबाछोरालाई थुनावमा राख्न सार्वजनिक रुपमा भन्दै हिडेको श्रोतले बताएको छ ।
उपाध्यक्ष नाथले आफैले बनाएको एक भिडियोमा यता मसिन लगा यता काठ छ मलाई सबै कुरो थाहाँ छ, काठ मुनी लुकाउनको लागि बोटरोपेको उपाध्यक्ष नाथले आफैले बनाएको भिडियोमा प्रष्ट बोलेको भिडियोबाट सुनियोजित हो की भन्ने संका गर्ने ठाउँ रहेको छ । लामो समय देखि बाझो रहेको घरको छेउमा कसले काठ हाल्यो र फसाउने खेल हो कि भन्ने आसंका गर्न थालेका छन् ।
अनुसन्धानमा सहयोग गर्ने ठाउँमा उपाध्यक्ष नाथले प्रशासनलाई नै दवाव दिइराखेको श्रोतले बताएको छ । उनीहरु आफ्नो पार्टीका होइनन् उनीहरुलाई कुनै पनि हालतमा छोड्नु हुन्न भन्दै चौतर्फी दवाव दिन थालेका छन् । हिजो जमिन छुट्याउन आएका ओझालाई हिजो रातीनै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउँ पुर्याइएको छ । गाउँलेहरुका अनुसार उनीहरुको आपसी विवादका कारण यस्तो सडयन्त्र गरेको हुन सक्ने आसंका गर्न थालेका छन् ।
