नेपाल एपीएफ स्कूल झलारीको प्रथम वार्षिक उत्सव सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर । नेपाल एपीएफ स्कूल झलारीको प्रथम वार्षिक उत्सव कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ। सोमबार सशस्त्र प्रहरी बल ३५ नम्बर गण वनसमितिमा भएको कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपक अधिकारी रहनुभएको थियो।

वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति तथा विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायब महानिरीक्षक दीपक अधिकारीले गुणस्तरीय शिक्षाका लागि यस क्षेत्रमा एपीएफले स्कुल सञ्चालन गरेको बताउनुभएको छ।

उहाँले विद्यार्थी र अभिभावकहरूलाई आफ्ना नानीबाबुहरूलाई असल संस्कार सिकाउन आग्रह पनि गर्नुभयो। उहाँले विद्यालयले समय सुहाउँदो शिक्षा प्रदान गर्न विद्यालयले मेहनत गर्ने बताउनुभयो । गत वर्ष स्थापना भएको विद्यालयको प्रथम वार्षिकोउत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेन्द्र कुमार कार्की सभापति रहनुभएको थियो।

कार्यक्रममा सशस्त्र प्रहरी बल बडीमालिका जवान तालिम शिक्षालय बनवेहडाका प्रहरी उपरीक्षक डम्बर बिष्ट, नेपाल राजस्व भनसार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालय टिकापुर कैलालीका समावेशक प्रहरी वरिष्ठ उपरीक्षक नरेन्द्र सेन, पूर्व प्रहरी संघ सुदूरपश्चिम कैलालीका अध्यक्ष मदनसिंह बिष्ट, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका प्रमुख गणपति प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्द लगायतका प्रहरी अधिकारीहरू को उपस्थिति रहेको थियो। कार्यक्रममा यस क्षेत्रका विभिन्न कार्यालय तथा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल महेन्द्रकुमार कार्कीले अतिथिहरूलाई स्वागत गर्दै सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र अन्तर्गत सञ्चालन भइरहेको विद्यालयले यस क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्न काम गरिरहेको बताउनुभयो । उहाँले पूर्ण आवासीय विद्यालयमा ९२ छात्र १२ जना छात्रा गरी कक्षा ४ र ५ मा १०४ जना विद्यार्थी रहेको जानकारी गराउनुभयो। साथै विद्यालयले आगामी शैक्षिक सत्रमा कक्षा ६ र ७ मा अध्यापन गराउने तयारी गरेको बताउनुभयो।

विद्यालयमा वर्षभरि भएका विभिन्न अन्तरसदनात्मक तथा विद्यार्थीहरूका अतिरिक्त क्रियाकलापहरूमा सहभागी विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ। विद्यार्थीहरूका बीचमा फुटबल, क्रिकेट र एथलेटिक्सका खेलहरू खेलाइएका थिए ।

विभिन्न सांस्कृतिक कार्यक्रमहरूका साथ भएको वार्षिकोत्सव कार्यक्रममा अभिभावकहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रममा अभिभावकहरूका तर्फबाट व्यवस्थापन समितिका सदस्य रहेका अशोक बमले आफ्नो मन्तव्यमा विद्यालयबाट आफ्ना नानीबाबुहरुले राम्रो सीप कला र शिक्षाले आफ्नो भविष्य सुसज्जित गर्नेमा आफूहरू आशावादी रहेको बताउनुभयो ‌।

कार्यक्रममा का रूपमा क्षेत्रप्रसाद ज्ञवालीले विद्यार्थी तथा अभिभावकहरूलाई समयअनुसारको शिक्षामा ध्यान दिन प्रेरित गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई अभिभावकले संस्कार सिकाउन आवश्यक भएकोमा जोड दिनुभयो ‌।

विद्यार्थीहरूले वार्षिको उत्सव कार्यक्रममा कराते खेलका काता प्रदर्शन गरेका थिए। कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत विज्ञान विषयका शिक्षक योगेन्द्र चन्द, पिटी प्रशिक्षक वरिष्ठ हवलदार तेजराम लुहार, लेखा क्षेत्रको उत्कृष्ट कार्यका लागि प्रहरी नायब उपरीक्षक यज्ञबहादुर थापा, पीटी प्रशिक्षक हवल्दार गणेश सिंह कठायत र होस्टेलका वार्डेन हल्दार डम्बरनाथलाई प्रशंसापत्रद्वारा सम्मानित गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिमका चर्चित देउडा गायक महेश औझीले देउडा गीतहरू प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिबाट प्रथम वार्षिक उत्सव तथा अभिभावक दिवसका अवसरमा केक काटेर खुसियाली साटासाट गरिएको छ । कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै विद्यालयका समादेशक प्रहरी उपरीक्षक देवबहादुर चन्दले शिक्षक अभिभावक र विद्यार्थीहरूलाई विद्यालयमा पुर्‍याइएको योगदानलाई सम्झिदै धन्यवाद ज्ञापन गर्नुभएको छ । वार्षिक उत्सव कार्यक्रमको सञ्चालन वरिष्ठ हवल्दार पदम बहादुर बोहराले गर्नुभएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार