पप्पु कालापानी दोधारा । नगर खेलकुद बिकास समिति दोधारा चाँदनीले कराते र तेक्वान्दो खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण गरेको छ् ।
दोधारा चाँदनी नगरपािलकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्दले करातेका प्रशिक्षक देव बहादुर थापा र नगर तेक्वान्दो बिकास समितिका उपाध्यक्ष भुवन बिहारी पन्त र सचिव सागर बहादुर शाहीलाई एक कार्यक्रमको बिच ।

१ लाख बराबरको खेल समाग्री हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, नगर खेलकुद बिकास समिति दोधारा चाँदनीका नगर अध्यक्ष दिवान चन्द लगाएत नगर खेलकुद बिकास समितिका पदाधिकारी, खेलाडीहरुको सहभागिता रहेको थयो ।
नगर विकास संगै खेलकुदको विकासमा पनि दोधारा चाँदनी नगरपालिकाका उत्तिकै जिम्मेवार रहेको बताउदै नगर प्रमुख किशोर कुमार लिम्बुले कराते र तेक्वान्दो खेलाडीलाई आवश्यक परेको खण्डमा थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ् । कराते र तेक्वान्दो खेल प्रति युवा वर्गको थप क्रेज बढाउन उद्धेश्यले नगर खेलकुद बिकास समितिले चालु आर्थिक वर्षको योजना तथा कार्यक्रम अन्तर्गत खेल समाग्री बितरण गरिएको नगर प्रमुख लिम्बुले बताउनुभयो । खेलाडीहरुले खेल सामग्री प्राप्त गरे संगै खेलमा अगाडी बढ्न हौसला मिलेको बताएका छन् । खेलाडीहरुले खेल सामग्री प्राप्त गरेपछि दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु र नगर खेलकुद बिकास समितिलाई धन्यबाद दिएका छन् ।
