महेन्द्रनगर । नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका नव निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको छ । आइतबार नेपाल प्रेस यूनियन र प्रेस चौतारी नेपाल कञ्चनपुरको संयुक्त आयोजनामा नव निर्वाचित पदाधिकारीलाई सम्मान गरिएको हो ।
गत २८ मंसिर ०८१ सम्पन्न भएको पत्रकार महासंघ शाखा कञ्चनपुर, सुप प्रदेश केन्द्रीय समितिका पदाधिकारी, सदस्य एव प्रदेश, केन्द्रीय पार्षदलाई दोसल्ला ओढाएर सम्मान गर्दै सफल कार्यकालको बधाई दिएको छ । कार्यक्रममा प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्ट,प्रेस चौतारीका अध्यक्ष लक्ष्मण पन्त, प्रेस यूनियनका अध्यक्ष तेज बहादुर सिह९मुस्कान०, पत्रकार महासंघ शाखा कञ्चनपुरका निर्वतमान अध्यक्ष माधव सिह धामी, अग्रज पत्रकार लक्ष्मीदत्त जोशीले निर्वाचित जिल्लादेखि केन्द्रीय पदाधिकारीलाई बधार्ई तथा शुभकामना दिदै समाजिक हितका क्षेत्रमा काम गर्न आब्हान गरेका छन ।
नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश सिह धामीले पत्रकार महासंघको गरिमा बढाउने काम गर्ने प्रण गरेका छन । प्रेस चौतारी कञ्चनपुरका अध्यक्ष लक्ष्मण पन्तको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा प्रेस काउन्सिलका सदस्य एव अग्रज बरिष्ठ पत्रकार हरि प्रशाद जोशी रहेका थिए । प्रेस चौतारी जिल्ला सचिव मदन गिरीले संचालन गरेको कार्यक्रममा जिल्लाका पत्रकारको सहभागिता रहेको थियो ।
