वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण प्रयास

Published by:

Published on:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का कार्यकर्ताहरूले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालतभित्रै आक्रमण प्रयास गरेका छन् ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा अधिवक्तात्रिपाठीमाथि अदालत परिसरमै आक्रमण प्रयास भएको हो । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट बहस गरेका थिए ।

रविविरुद्धको मुद्दामा थुनछेक बहस सकिएको छ । न्यायाधीशले आजै आदेशको तयारी गरेका छन् । रविको मुद्दाबारे आदेश आउने भएपछि रास्वपा र रविका समर्थक अदालत आसपास बाक्लो संख्यामा उपस्थित भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार