महेन्द्रनगर । भीमदत्त नगरपालिकाले रेडियो महाकाली तथा मानसखण्ड दैनिकका सञ्चालक एबम् सम्पादक पत्रकार खेम भण्डारीलाई राम बहादुर चन्द पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
भीमदत्त नगरपालिकाको ४७ औँ वर्ष(छैठौै स्थापना दिवस ) का अवसरमा सोमबार भण्डारीलाई नगद सहितको पुरस्कार प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, उप मेयर निलम लेखक जोशी र प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले दोसल्ला ओढाएर प्रशंसा पत्रका साथ नगद नगद पुरस्कार प्रदान गरे ।
तीन दशकदेखि पत्रकारितामा सक्रिय भण्डारी नेपाल प्रेस इन्स्च्यिुटका प्रशिक्षक पनि हुन् । अभियान दैनिक पत्रिकाका संस्थापक भण्डारीले प्रोएक्टिभ जर्नालिज्म पुस्तक प्रकाशन गरेका छन् । उनले तत्कालिन नेकपाको झगडालाई लिएर हावा महलको कुशल कारिगर पुस्तक लेखेका छन् । पत्रकारितामा चर्चित भण्डारी साहसी पत्रकारका रुपमा परिचित छन् ।
भीमदत्त नगरपालिकाले वरिष्ठ पत्रकार स्वर्गिय राम बहादुर चन्दको स्मृतिमा राम बहादुर चन्द पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।