८ नम्बर वडामा धमाधम सडक बनाउँदैछन् अध्यक्ष रोकाया

Published by:

Published on:

रमेश बस्नेत दोधारा । स्थानीय तहले जनप्रतिनिधि आएपछि गाउँ घरका साँघुरा र बन्द सडक तथा नयाँ सडक विस्तार कार्य धमाधम भएको छ । दोधारा चाँदनीका जनप्रतिनिधिहरु वडालाई सडक सज्जालमा जोड्न सक्रिय भएर लागेका छन् ।

अहिले आफ्नो वडाका विभिन्न टोलमा २ दशमलव ५ किलोमिटर बाटो निर्माणमा लागेका छन् वडा अध्यक्ष ओमप्रकाश रोकाया ।


गौरी टोलस्थित भक्त बहादुर पुनको घरदेखि पश्चिमतर्फ भिम सिङ थापाको घर हँुदै उतर तर्फ बिन्दा थापा र दक्षिणतर्फ राम बहादुर थापाको जग्गासम्म, बझाङ्गी टोल रमेश उपाध्यायको घर नजिक भुपेन्द् थापाको घर हुँदै समूह घरसम्म, सैनिक टोलमा टिकेराम सुनारको घरदेखि सुन्दर सिह सुनारको घरसम्म, वडा नं। ८ र १० को सिमाना नजिक पार्वति रोकायाको घर जाने बाटो र सन्त बहादुर खड्का घर जाने बाटो र गिरी टोल तिल बहादुर गाहाको घरदेखि पूर्व तर्फ ३ सय ५० मिटर नयाँ बाटो खिली गरि झन्डै अढाई किलोमिटर बाटो खोलिएको वडा अध्यक्ष रोकायाले बताए ।

बाटोको अभाव झेल्दै आएका उक्त टोलका स्थानीय वडाको सडक सञ्जालमा जोडिन् थालेसगै स्थानीय हर्षित भएका छन् । वडाको समग्र विकास गर्न सडक अति आवश्यक भएको बताउँदै सडक निर्माण कार्यलाई प्राथामिक दिदै आएको वडा अध्यक्ष ओम प्रकाश रोकायाले बताए ।

उनी २०७९ को स्थानीय तहमा निर्वाचनबाट दोस्रो पटक वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनले वडाका सबै गाउँ वस्तीमा दमकल। एम्बुलेन्स लगायत यातायातका साधन पुगाउने लक्ष्य लिएर काम गरिरहेको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार