महेन्द्रनगर । कञ्चनपुर(दोधारा चादनी नगरपालिकाको नगर उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाको सर्वाङ्गीण विकासका लागी विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तीहरुलाई सम्मान गरेको छ ।
कञ्चनपुरको दोधारा चादनी नगरपालिकाले नगर उपप्रमुख कार्यक्रम अन्तर्गत नगरपालिकाको सर्वाङ्गीण विकासका लागी विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तीहरुलाई सम्मान गरेका। हो । सोमवार एक समारोहका विच सुदुरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय वेल वहादुर रानामगरको प्रमुख आतिथ्यतामा नगरपालिकाका दश वटै वडा भित्र स्थायी वशोवास भई विभिन्न पेशा व्यवशाय मार्फत आय आर्जन गर्दै उत्कृष्ट कार्य गर्दै आएका ३५ जना व्यक्तीहरुलाई सम्मान गरिएको हो ।
सम्मानीत भए पछी स्थानीय व्यवशायीहरुले समेत खुशि व्यक्त गरेका छन । लामो समय देखी दोधारा चादनी स्वास्थ्य चौकीमा शवहरुको पोष्टमार्टम गर्दै आउनु भएकी महलि स्वास्थ्यकर्मी कौशिलाले सम्मानीत हुदा अत्यन्त्यै खुशी भएकाृे वताउनु भएको छ । आफु विगत १५ वर्ष देखी पोष्टमार्टम गर्दै आएको भए पनी पहिलो चोटी नगरउपप्रुमखले सम्मानीत गरेको भन्दै धन्यवाद ज्ञापन गर्नु भएको छ । यसै गरि अर्का सम्मानीत भएका कृषक लक्ष्मण पुन मगरले सरकारले यसरीनै युवा व्यवशायीहरुलाई प्रोत्साहन गरेर विदेश जान समेत रोकीने वताउनु भयो ।
आफु विगत लामो समयदेखी कृषि व्यवशाय गर्दै आएको भए पनी पहिलो पटक उपप्रमुखले सम्मानीत गरेकोमा खुशि व्यक्त गर्दै अर्झै प्रदेृश सरकार र संघीय सरकारले समेत युवा लक्षित कार्यक्रमहरु ल्याउन सके विदेश जाने युवाहरुले स्वदेशमै पशिना वगाउने आशा समेत व्यक्त गर्नु भयो ।
उक्त सम्मान कार्यक्रममा उत्कृष्ट कार्य गर्ने व्यक्तीहरुलाई सम्मान गर्दै प्रदेश सभा सदस्य वेल वहादुर रानामगरले सम्मान सानो भए पनी यती ठुलो नगरपालिका भित्र सम्मानीत हुदा आफ्नो लागी गर्वको कुरा मान्नु पर्ने वताउनु भयो । साथै उहाले हामी सबैले समाजको लागी केहि न केही असल काम गर्नु पर्ने र विकासका कामहरुमा यो पाटी त्यो पाटी नभनेर सबैले हातेमालो गरेर अघि बढ्नु पर्ने समेत वताउनु भयो ।
यसै गरि प्रशंसाले असल मान्छेलाई बढी असल र खराव मान्छेलाई बढी खराव वनाउने हुदा राम्रो र असल काम गर्ने मानसिहरुलाई सम्मानीत गरिने परम्परा रहेको दोधारा चादनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्वुले वताउनु भयो । साथै उहाले यस सम्मानले आगामी दिनहरुमा अझै उत्कृष्ट कार्य गर्नु हुनेछ भन्ने अपेक्षा सहित आज सम्मान गरिएको समेत उहाले वताउनु भयो ।
यसै गरि कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तीहरुलाई सम्मान गर्नु पर्ने बारे प्रकाश पार्दै दोधारा चादनी नगरपालिकाका नगरउपप्रमुख गंगा देवी जोशीले नगरपालिका भित्रका दश वटै वडाका कृषि, शिक्षा स्वास्थ्य तथा व्यापारीक क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तीहरुलाई हौसला दिनको लागी वजेट व्यवस्थापन गरेर सम्मान कार्यक्रम आयोजना गरिएको वताउनु भयो । साथै उहाले आगमीदिनहरुमा समेत यस्ता कार्यक्रमहरु निरन्तर रहने समेत उहाले वताउनु भएको छ ।
कार्यक्रममा कृषि, शिक्षा स्वास्थ्य तथा व्यापारीक क्षेत्रमा कार्य गर्दै रोजगारी श्रृजना गर्ने तथा आत्म निर्भर बनेका ३५ जना व्यक्तीहरुलाई रोसल्ला तथा सम्मान पत्र सहित सम्मान गरिएको थियो । उक्त सम्मान पश्चात उनहिरुलाइृ थप हौसला मिल्ने र अझै आगामी दिनहरुमा समाजका लागी राम्राकामहरु गर्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।