पुनर्वास मा दलित सहकारी ले गर्यो ५० जना जेष्ठ नागरिकलाई सम्मान

Published by:

Published on:

धनबहादुर बिक – पुनर्वास । माघ १६ कञ्चनपुर को पुनर्वास मा रहेको दलित बहुउद्देश्यीय सहकारी संस्था ले एक कार्यक्रम को आयोजना गरि पचास जना वृद्ध वृद्धालाई सम्मान गरेको छ । सहकारीको दिगोपन स्वनियमन र सुशासन नारा सहित बुधबार श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड द्वारा सञ्चालित वृद्ध वृद्धा सहायता कक्षको दोस्रो स्थापना दिवस कार्यक्रम का अवसरमा ५० जना जेष्ठ नागरिक लाई कम्बल प्रदान गरि सम्मान गरेको हो ।

संस्था का सचिव रामसिंह बडुवालको सभापतित्वमा भएको कार्यक्रममा पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा प्रमुख अतिथि रहेका थिए भने बिशिस्ट अतिथि मा नगर उप प्रमुख भुलिया कुमारी राना , पुनर्वास नगरपालिका निवर्तमान नगर प्रमुख जिबनराज थापा , संस्था का निवर्तमान अध्यक्ष चन्द्रबहादुर मगर रहेका थिए । अतिथि हरूमा पुनर्वास का विभिन्न सहकारी का सञ्चालक , सेयर सदस्य लगायत रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि को आसनबाट बोल्दै नगर प्रमुख तोय प्रसाद शर्माले दलित सहकारी संस्थाले सहकारी मार्फत आर्थिक कारोबार मात्र नभई सामाजिक एबं रचनात्मक कार्यक्रम हरू समेत सञ्चालन गर्दै आएकोमा सिङ्गो सहकारी परिवारलाई धन्यवाद दिएका थिए । उनले दलित सहकारी ले सञ्चालन गरेको सामाजिक कार्यक्रममा पुनर्वास नगरपालिकाले पनि समन्वयात्मक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पुनर्वास मा रहेका अन्य सहकारी ले आन्तरिक आर्थिक व्यवस्थापन मै सिमित रहँदै गर्दा दलित सहकारी ले आर्थिक व्यवस्थापन संगै सामाजिक क्रियाकलापमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकोमा दलित सहकारी सिङ्गो परिवार धन्यवाद को पात्र भएको नगर उप प्रमुख भुलिया कुमारी रानाले जोड दिईन । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कोषाध्यक्ष कञ्चन गिरीले समाजमा वयोवृद्ध सम्मानित व्यक्तित्व हरूलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । दलित सहकारी ले वृद्ध वृद्धा हरूको सम्मानका लागि अत्यन्तै स्रहानिय कार्य गरेको छ र यसको सिको अन्य सहकारी ले पनि अनुसरण गर्नुपर्ने पुनर्वास सहकारी संस्था लिमिटेडका व्यवस्थापक एक कुमार श्रेष्ठ ले जोड दिए ।

सो अवसरमा बेलौरी नगरपालिका का समाजसेवी यज्ञ कडेलले दलित बहुउद्देश्यीय सहकारी ले ल्याएको यो कार्यक्रम सम्भवत जिल्लामै पहिलो हुनसक्छ यद्यपि यस्तो रचनात्मक कार्यक्रम हरू सरकारले गर्नुपर्ने थियो । तथापि दलित बहुउद्देश्यीय सहकारी ले सुरूवात गरेको छ यो आफैमा सकारात्मक छ उनले भने । यतिबेला देशमा सञ्चालित ठुलो आकारका धेरै सहकारी का सञ्चालक हरूले रकम अवचलन गरेको व्यापकता छाएको छ , सर्वसाधारण ले खाईनखाई जमा गरेको रकम अवचलन गर्ने ठगहरूलाई सरकारले कार्वाही को दाएरामा ल्याउनुपर्छ उनले जोड दिए ।

समाजमा पितृ भईसकेका बुवाआमाहरूलाई सम्मान गर्ने उदेश्य ले उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम अत्यन्तै राम्रो पक्ष छ । सानाकिसान सहकारी संस्था त्रिभुवनबस्तिकि अध्यक्ष दिना निरौला बताईन । दलित सहकारी मा लामो समय अध्यक्ष रहनुभएका तथा कार्यक्रम का अतिथि चन्द्रबहादुर मगरले दलित सहकारी ले सुरुवात गरेको कार्यक्रम संस्था एक्लैले केहिपनि गर्न नसक्ने बताउदै संस्था मा आबद्ध सम्पुर्ण सेयर सदस्य संस्था का कर्मचारी तथा सिङ्गो पुनर्वासी जनताहरूको समन्वय मा हरेक कार्यक्रम हरू सफल हुँदै आएको उनले बताए । दलित बहुउद्देश्यीय सहकारी संस्था नाम जस्तै आगामी दिनहरूमा थुप्रै रचनात्मक कार्यक्रम हरू सञ्चालन गर्दै जाने कार्यक्रम सञ्चालक तथा व्यवस्थापक दानबहादुर रावलले प्रतिबद्धता व्यक्त गरे ।

ताजा समाचार

सम्बन्धित समाचार