बैतडीकी एक युव ती धनगढीमा मृत फेला

Published by:

Published on:

महेन्द्रनगर । धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका(२ पुरानो भन्सार बस्ने बैतडीको दोगडाकेदार गाउँपालिका(२ घर भएकी २२ वर्षीया चाँदनी चन्द मृत फेला परेकी प्रहरीले बताएको छ।

उनी बुधबार बिहान ७ बजेको समयमा भेल्लरको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। मृतक चन्द विवाहित रहेको बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार