राष्ट्रिय बाणिज्य बैकले गर्यो आफ्नै नवनिर्मित भवनबाट सेवा सुचारु

Published by:

Published on:

महेन्द्रनगर । राष्ट्रिय बाणिज्य बैक महेन्द्रनगर शाखाले बैङ्कको आफ्नै नाममा रहेको नवनिर्मित भवनबाट सेवा सुचारु गरेको छ ।

शाखाले यहि माघ १८ गते बाट बैकको नाममा रहेको नवनिर्मित भवनबाट सेवा सुचारु गरेको राष्ट्रिय बाणिज्य बैक शाखा कार्यालय महेन्द्रनगर शाखाका प्रबन्धक त्रिचन्द्र भन्डारीले बताए।

भन्डारीले माघ १० गते पर्ने बैकको बार्षीक उत्सवको मौका पारेर नेपाल सरकारका उपप्रधान एवं अर्थ मन्त्री बिष्णु प्रशाद पौडेलले डिजिटल प्रणालिबाट भवनको उद्घाटन गरेको बताए । विगत लामो समय देखि बैकले महेन्द्रनगरको गल्ली न ३ मा भाँडाको घरमा बस्दै सेवा दिँदै आईरहेको थियो ।

हाल बैकले जिप्रका रोड,मदन चोकको दक्ष्ािँण तर्फ एनसिएन अफिस नजिकै नवनिर्मित भवनबाट सेवा दिदै आईरहको छ। सेवा ग्राहि बेलमती धामीले बैकले निर्माण गरेको नवनिर्मित भवनबाट सेवा लिन पाउदा निकै खुसी लागेको बताईन। अर्का सेवा ग्राहि मनोज खत्रीले सवारी पाकिङ सुविधा र नवनिर्मित भवनको पहिलो तलाबाटनै सबै सेवा सुविधा लिन पाउदा निकै खुसी ब्याक्त गरे।

ताजा समाचार

सम्बन्धित समाचार