परालमा आगो लगाएको आरोपमा महिलामाथि कुटपिट

Published by:

Published on:

कञ्चनपुर । एक महिलाको हात पछाडि बाँधिएको छ । कसैले धकेलिरहेको त कसैले लठ्ठीले हिर्काइरहेको छ । महिला चिच्याइरहेकी छिन् । हारगुहार गरिरहेकी छिन् । उनको गुहारको कुनै वास्ता नगरी निर्मम तरिकाले कुटपिट भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियो कञ्चनपुरको बेलौरी नगरपालिका–२ विनापुरको हो ।

विनापुरकी ३२ वर्षीया कविता स्वाँरलाई स्थानीयले माघ २५ मा यसरी हात बाँधेर निर्घात कुटपिट गरेका हुन् । उनीहरूले परालमा आगो लगाएको आरोपमा उनीमाथि कुटपिट गरेका हुन् । कुटपिटबाट स्वाँरको टाउको, छाती र खुट्टामा चोट लागेको छ । उनको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा नियमित उपचार भइरहेको छ ।

स्थानीय मीना चौधरीले जम्मा गरेको परालको थुप्रोमा आगलागी भएको थियो । त्यही बेला सोही बाटो हुँदै स्वाँर तोरीको तेल बोकेर घर फर्किरहेकी थिइन् । स्थानीयले स्वाँरले नै आगो लगाएको आरोपमा उनलाई बाँधेर कुटपिट गरेका हुन् ।

‘म तोरी पेलेर तेल लिएर फर्किंदै थिएँ, एक जनाको घरअगाडि परालमा आगो लागेको थियो,’ घटनाको दिनको अवस्था बताउँदै स्वाँरले भनिन्, ‘मेरो हातमा तेलको गेलेन देखेर गाउँले मैमाथि जाइलागे, हात बाँधेर कसैले लठ्ठीले त कसैले दाउराले हिर्काए ।’ आगो निभाउन आएका सबैले डोरीले हात बाँधेर कुटपिट गरेको उनले बताइन् । उनको टाउको, छाती र खुट्टामा चोट लागेको छ । तत्काल धनगढी गएर उपचार गराएको र अहिले नियमित जाँच भइरहेको उनले बताइन् । उनका श्रीमान् ज्ञानु रोजगारीका लागि भारतमा छन् । घरमा उनीसहित एक छोरा र छोरी बस्छन् ।

ताजा समाचार

सम्बन्धित समाचार