बेलौरी महिला कुटपिट प्रकरण ः घटनाको मुख्य योजनाकार वडा अध्यक्ष कलबिर चौधरी भएको दाबी

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा परालमा आगो लगाएको आरोपमा महिलामाथि कुटपिट घटनाको मुख्य योजनाकार वडा अध्यक्ष कलबिर चौधरी भएको पिडित महिला कविता स्वारले आभाष डटकमलाई बताएकी छन्।

पिडित कविता स्वारले घटना घटेको दिन मदिराले लट्ठ भएका बेलौरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कलबिर चौधरीले गाउँलेहरुलाई भड्काउदै प्रमाण विनै मिना चौधरीको परालमा आगो लगाउने यहि कविता स्वारनै हो भन्दै घटनालाई झन् हिंस्रक बनाउन मुख्य भूमिका खेलेको स्वारको भनाई रहेको छ ।

सामाजिक संजाल तथा विभिन्न संञ्चार माध्यमा भाइरल भईरहेको वडा अध्यक्ष कलबिर चौधरी लगाएत गाउँलेहरु देखिएको मासमा वडा अध्यक्ष चौधरीले समाज भड्काउने तथा जघन्य अपराधलाई प्रोत्साहन दिने खालका अपराधीक अभिव्यायक्ति दिईरहेको भिडियोमा प्रष्ट देख्न र सुन्न सकिन्छ र सार्बजनिक भएको छ ।
गाउँमा परालमा आगो लगाएको शंकामा कञ्चनपुरको बेलौरी नगरपालिका–२, दिनापुरकी ३५ वर्षीया कविता स्वाँरमाथि छिमेकीहरूले कुटपिट गरेका थिए ।

छिमेकी मीना चौधरीको परालमा आगो लगाएको आरोपमा उनलाई हात बाँधेर कुटपिट गरेको पिडित स्वारको आरोप छ । २५ माघमा मीना चौधरीको परालमा आगो लागेको थियो। मीनाको परालमा आगो लागेकै छेउबाट स्वाँर बजार गएर घर फर्किँदै थिइन्। सोही क्रममा परालमा आगो किन लगाएको भन्दै उनी माथि निर्घात कुटपिट भएको थियो।

कविता स्वाँरले आफूले आगो नलगाएको बताउँदै आएकी छिन्। उनले मीना चौधरीको परालमा आगो लागेकै वेला तोरी पेलेर घर फर्किँदै गरेको बताउछन् ।। त्यति नै वेला मान्छेहरूले आगो यसैले लगाएको हो भन्दै अमृता मगर, धनलक्ष्मी जिसीसहितको समूहले एक्कासि आएर हात बाँधेर कुटपिट गरेको उनी बताउछन् ।

‘तोरी पेलेर हातमा तेलको गेलेन बोकेर घर फर्किँदै थिए, आगो निभाउन आएकाहरूले घर नपुग्दै ममाथि कुटपिट गरे, घटनास्थल पुगेको प्रहरीले अस्पताल पुर्याभयो, धनगढीको माया मेट्रो अस्पतालमा उपचार गरेर घर फर्किएकी छु, बोल्न सक्ने अवस्थामा छैन, ममाथि कुटपिट गर्ने १३ जनाविरुद्ध प्रहरीमा उजुरी दिएकी छु,’ उनले भनिन्।

परालमा आगो लगाएको आरोपमा यसरी महिलामाथि मरणासन्न हुने गरेर कुटपिट गरिएपछि प्रहरीले घटनमा संलग्न आरोपीलाई पक्राउ गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एपसी चक्रराज जोशीले पीडित महिलाले दिएको उजुरीका आधारमा आठजनालाई पक्राउ गरिएको बताए।

उनका अनुसार कुटपिटमा संलग्न खेम चौधरी, प्रदीप चौधरी, किशन चौधरी, अनुरूप चौधरी, धनलक्ष्मी चौधरी, मीना चौधरी, पूर्णलक्ष्मी चौधरी, अमृता चौधरीलाई पक्राउ गरिएको छ । बाँकीलाई पनि पक्राउ गरेर कारबाही गरिने उनले बताए। ‘पीडितले दिएको किटानीका आधारमा सबैलाई पक्राउ गरेर उनीहरूमाथि अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाउँछौँ,’ उनले भने, ‘घटनाको थप अनुसन्धान जारी छ।’

ताजा समाचार

सम्बन्धित समाचार