बेलौरी २का वडाध्यक्ष कलबिर चौधरीले योजनामा महिलाको हात बाँधेर निर्धात कुटपिट

Published by:

Published on:

ऐश्वर्या कुँवर

कञ्चनपुर । जनप्रतिनिधी भनेका सबैका हुन, कुनै एक पाटीबाट चुनाव जितेर उसै पाटीको गुणगानदेखि चाकरी नभई सबै दुखी जनताको हितका काम गर्नुपर्ने हुन्छ । तर, बेलौरी २ सत्ताधारी एमालेका नेता समेत रहेका वडाध्यक्ष कलबिर चौधरीले जनता उस्काएर एक महिलामाथि अमानविय तरिकारले हात बाधेर कुटपिट गर्न लगाएका भिडियो सार्वजनिक भएका छन । निधारमा रातो टिका लगाएर मासका पुगेका वडाध्यक्षले परालमा आगो लगाएको आरोपमा वडाध्यक्ष चौधरीले कुटपिट गर्न लगाएको पीडित कविता स्वाँरले बताईन । मानिसले गल्ती गरेर प्रमाणित भएपनि कानुन अनुसार कार्बाही हुन्छ, तर एमालेबाट निर्वाचित वडाध्यक्षले अमानविय रुपमा कुटपिट गर्न लगाएका छन । बेलौरी नगरपालिका २ दिनापुरकी ३५ बर्षिया कविता स्वाँरमाथि छिमेकी गाँउलेहरुले कुटपिट गरेको घटनाका मुख्य योजनाकार नै वडाध्यक्ष भएको पीडितको दावि छ । कविता स्वाँरले आफुले आगो नलगाएको दावि गर्दैै आएकी छिन । स्वाँरले मिना चौधरीको परालमा आगो लागेकै बेला आफु तोरी पेलेर घर फर्किने क्रममा त्यही मान्छेले आगो लगाएको हो भन्दै अमृता मगर, धनलक्ष्मी जिसी सहितको समुहले एक्कासी आएर हात बाधेर कुटपिट गरेको बताईन । ‘म तोरी पेलेर हातमा गेलनमा तेल बोकेर घर फर्किदै थिए, आगो निभाउन आएकाहरुले घर नपुग्दै ममाथि कुटपिट गरे, ‘घटना स्थल पुगेको प्रहरीले अस्पताल पुगायो, धनगढीको माया मेट्रो अस्पतालमा उपचार गरेर घर फर्किएकी छु, बोल्न सक्ने अवस्थामा छैन, म माथि कुटपिट गर्ने १३ जना बिरुद्ध प्रहरीमा उजुरी दिएको छु ।’ परालमै आगो लगाएको आरोपमा यसरी महिलामाथि मरणाशन्न हुने गरेर कुटपिट गरिएपछि प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एपसी चक्रराज जोशीले पीडित महिलाले दिएको उजुरीका आधारमा ८जनालाई पक्राउ गरिएको बताए । उनका अनुसार कुटपिटमा संलग्न खेम चौधरी, प्रदिप चौधरी, किशन चौधरी, अनुरुप चौधरी, धनलक्ष्मी चौधरी, मिना चौधरी, पूर्णलक्ष्मी चौधरी, अमृता चौधरीलार्इू पक्राउ गरिएको छ । बाँकीलाई पनि पक्राउ गरेर कार्बाही गरिने बताए । ‘पीडित दिएको किटानीका आधारमा सबैलाई पक्राउ गरेर उनीहरुमाथि अभद्र व्यवहार अन्र्तरगत मुद्दा चलाउँछौँ, ‘उनले भने, ‘घटनाको थप अनुसन्धान जारी राखेका छौँ ।’ घटनामा सलग्न वडाध्यक्ष कलबिर चौधरीमाथि कानुनी कार्बाहीको माग अघि सारिएको छ । उनलाई बचाउनका लागि एमालेजन लागि परेको पीडितको दुखेसो छ । सत्ताको आडमा एक महिला बिरुद्धमा भोली सबै गाँउले जम्मा भएर हस्ताक्षर अभियान चलाउनुपर्छ भन्दै उनले दिएको यो विवादास्पद अभिव्यक्तिले नागरिक समेत अचम्मित भएका छन । यस बारेमा वडाध्यक्ष कलबिर चौधरीसंग थप बुझ्न खोज्दा उनीसंग सम्र्पक भएन ।

ताजा समाचार

सम्बन्धित समाचार