प्रजातन्त्र दिवसको असरमा महाकाली प्रादेशिक अस्पतालमा सरसफाई प्रतियोगिता

Published by:

Published on:

महेन्द्रनगर । ७५ औं प्रजातन्त्र दिवसको अवसर पारी मंगलबार महाकाली प्रादेशिक अस्पतालमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रम अन्र्तगत सरसफाई प्रतियोगिता समेत गरी नगद पुरस्कार प्रदान गरियो ।

जिल्ला समन्वय समितिको प्रजातन्त्र दिवस मनाउने कार्यक्रम अन्र्तगत सूर्योदय बहुउद्देश्यीय सहकारी संस्थाले अस्पतालमा सरसफाई कार्यक्रम गरेको छ ।

जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी, सूर्योदय सहकारीका अध्यक्ष ईश्वरी प्रसाद खरेल, महाकाली प्रँदेशि अस्पतालका अध्यक्ष कृष्णानन्द भट्ट लगायत विभिन्न क्षेत्रका सहभागी भए ।

सरसफाई कार्यक्रममा सबैभन्दा बढी फोहर संकलन गर्ने तीन जनालाई पुरस्कार प्रदान गरिएको छ । उनीहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

अस्पताल हाताभित्र सबैभन्दा बढी प्लाष्टिकजन्य फोहर संकलन गर्ने तीन जनालाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरियो ।
सूर्योदय सहकारीका अध्यक्ष खरेलका अनुसार अंकित जोशीले सबैभन्दा बढी फोहर संकलन गरी एक हजार नगद पुरस्कार पाए । उनी विद्यार्थी हुन् ।

यसैगरी युवराज पन्त, जीवन बडु ,सन्तोस चन्द र अनुराज विष्टले नगद पुरस्कार पाएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार