गेटालाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउँछौँ ः प्रधानमन्त्री ओली

Published by:

Published on:

महेन्द्रनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने बताएका छन ।

आइतबार महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोह सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसै बर्षदेखि गेटा मेडिकल कलेजलाई सचालनमा ल्याउनेदेखि स्वास्थ्य विश्वविद्यालय बनाउने बताउनुभएको हो ।

‘गेटा मेडिकल कलेज स्वास्थ्य विश्वविद्यालयमा परिणत भए देशकै पहिलो स्वास्थ्य शिक्षातर्फको विश्वविद्यालय हुनेछ, ‘प्रधानमन्त्री ओलीले भने, ‘त्यसका लागि सरकारले आवश्यक तयारी अघि बढाएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले देशको जिम्मेबारी भविष्यमा विद्यार्थीकै काँधमा आउने भएकाले आफुले सिकेको शिक्षालाई व्यवहारिक जिवनमा प्रयोग गर्न समेत आग्रह गरेका छन ।

सुदूरपश्चिममा थुप्रै सम्भावना भएकाले उक्त सम्भावित क्षेत्र पहिचान गरेर सरकारले योजना अघि बढाएको बताए । दार्चुला सदरमुकामदेखि उत्तरीतर्फका नागरिकलाई आफ्नै घरदेखि देश जानका लागि भारतीय सडक प्रंयोग गर्नुपर्ने बाध्यता आएको भन्दै उनले नेपालबाटै सडक निर्माणका लागि ५ करोड बजेट समेत विनियोजन गरिएको बताए ।

‘हामीले दार्चुलादेखि सिधै चिनकै सीमासम्म सडक बनाउन लागेका छौँ, ‘यसबाट नागरिकलाई आफ्नै भूमि भएर आवत जावत गर्न सहज बनाउँछौँ ।’ सुदूरपश्चिममा कृषि, जटिबुटि, खानी लगायतको प्रसस्तै सम्भावना भएकाले अब सुन्तला टिप्न भारत होईन स्वदेशमै फलाउनुपर्ने बताए ।

महाकाली पुल, दोधाराचाँदनीमा सुक्का बन्दरगाह, पञ्चेश्वर योजना, महाकाली कोरिडोर, हुलाकी राजमार्ग, दैजछेला औद्योगिक क्षेत्र लगायतका योजना अघि बढाउन सरकारले योजना ल्याएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भारत उत्तराखण्ड अल्मोडाका सोबन सिह जीना विश्वविद्यालयका कुलपति प्राडा सत्पाल सिह विष्टले नेपालको सुदूरपश्चिममा प्रसस्तै प्राकृतिक सुन्दर रमणीय ठाँउ भएकाले त्यसको सदुरुपयोगमा जोडदिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार