स्ववियु निर्वाचन कृष्ण बैजनाथ क्याम्पसमा कांग्रेस, एमाले, माओवादीबीच सहमतिमै नेतृत्व चयन

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०, झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच सहमति भएको छ।

स्थानीय तहका विद्यार्थी नेताहरूबीच आपसी सहमतिका आधारमा स्ववियु सञ्चालन गर्ने निर्णय भएको हो । सत्ता पक्षीय नेपाली कांग्रेस, नेकपा ९एमाले० र विपक्षी नेकपा ९माओवादी केन्द्र० का विद्यार्थी संगठनबीच भागबन्डाका आधारमा नेतृत्व चयन गरिएको छ ।

सहमति अनुसार नेविसंघबाट सभापतिमा करनप्रसाद भट्ट, सदस्यहरूमा सङ्गीता भट्ट, हेमराज भट्ट चयन भएका छन् । अखिल ९क्रान्तिकारी० ले सचिवमा मनिषा धानुक, सदस्यहरूमा मोहन बोहरा र गणेश पाल चयन गरेको छ । अनेरास्ववियुबाट कोषाध्यक्षमा प्रविन धामी र सदस्यमा मञ्जु औजी चयन भएका छन् ।

क्याम्पसका उपप्राध्यापक महेश भट्टका अनुसार स्ववियुका उम्मेदवारहरू सर्वसम्मत चयन भएका छन् । यसअघि २०७९ सालमा सम्पन्न स्ववियु निर्वाचनमा नेविसंघले सभापति पद जितेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार