कञ्चनपुरमा सम्पतीको लोभमा जेठी श्रीमतीको हत्या, आरोपीत कान्छी श्रीमती सहित ३ जना पक्राउ

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान,कान्छी,श्रीमती सौतेनी छोरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका ११ चौबिससत्ता बस्ने जेठी श्रीमती कसी सुनारको हत्यामा संलग्न रहेको आरोपमा कान्छी श्रीमती मिरा देवी सुनार,श्रीमान गोपाल सुनार,कान्छी पट्टिका छोरा अर्जुन सुनारलाई शनिबार कञ्चनपुर प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्र राज जोशीले बताएका छन्

।शनिबार दिउँसो महाकाली बगरबाट बालूवा छानेर घर फर्केकी कसी सुनार बुहारी संग खाना खाई थकाई मेटाउन सुतीरहेको अवस्थामा कान्छी श्रीमती,छोरा,र श्रीमानको मिलेमतोमा सिरानिले घाटी अठ्याउदै सुनारको हत्या गरेको मृतककी बुहारीले बताएकी छन्।

बुहारीको भनाई अनुसार कसी गोपाल सुनारकी कान्छी श्रीमती हुन। विगत ३० बर्षे पहिले गोपाल सुनारले दूई महिनाकी गर्भवती कसी सुनालाई धोका दिएर मिरा देवी संग बहुबिवाह गरेर भारत हानिएका थिए,।‘सासुले महाकालीको बालूवा छानेर एक छोरा र छोरी हुर्काएको बताईन,एक हप्ता पहिले २ छोरा सहित भारतको दिल्ली बाट नेपाल फर्किएका गोपाल सुनार र उनकी कान्छी श्रीमतीले पुर्खाको सम्पतीमा आखा लगाउदै कसी सुनारलाई घर छोड्न दबाव दिदै गालि गलोज,कुट पिट गर्दै आईरहेको र हिजो शुक्रबार राती पनि श्रीमान र कान्छी श्रीमती मिलेर कुटपिट गरिरहेको अवस्थामा बुहारीले बचाएको छिमेकीहरुको भनाई रहेको छ ।

छिमेकी हरुको भनाई अनुसार बिवाहित भएर पनि कसीले छोराछारीको र समाजको ईजतको लागि कहिले पनि कलत कदम नउठाएको बताउछन् । एकल महिलाको जस्तो जिवन बिताई रहेकी कसी समाजमा सबैकी प्यारी अनि भलादमी स्वभावकी मेहनती रहेको सबै छिमेकी बताउछन् ।मृतकका भाई सुनील सुनारले दिदिको हत्या श्रीमान र कान्छी श्रीमतीले नै गरेको दाबि गरेका छन् परिवार संग रमाउदै साथमा खाना खाई थकाई मेटाउन बेडमा सुतिरहेको अवस्थामा दिदिको एकै छिनमा मृत्यु कसरी हुन्छ ? उनले भने,यो आत्महत्या होईन हत्या हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने मृतक सुनारको शव शव परिक्षणको लागि महाकाली प्रादेशिक अस्पतालको शव गृहमा राखिएको बताए मृतक सुनारका छोरा रोजगारीको शिलशिलामा भारत रहेको र उनी आईतबार नेपाल पुगेपछी मात्र शवपरिक्षण गरिने बताए ।बाकि हत्या हो या आत्महत्या हो भन्ने कुरा शव परिक्षण गरेपछी मात्र पुष्टि हुने प्रहरीको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार