बैतडीको ग्वानिघर भएका नवगायक तथा सर्जक दिपेन्द्र विष्ट मायालुको हातैकी रुमाल नामक देउडा गीत बजारमा

Published by:

Published on:

बैतडी । बैतडीको ग्वानिघर भएका नवगायक तथा सर्जक दिपेन्द्र विष्ट मायालु को नयाँ गीत बजारमा आएको छ ।बैतडीको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भएका गायक तथा सर्जक विष्टको प्रस्तुतिमा रहेको हातैकी रुमाल बोलको नयाँ देउडा गीत बजारमा सार्वजनिक भइसकेको उनले बताए।

विष्टले सार्वजनिक गरेको उक्त गीतमा गायक माधव विष्ट कैलाशको शब्द सिर्जना र लय छ भने गायक भुवन दाहाल र गायिका गौरी भट्टको स्वर रहेको छ। उक्त गीत गायक भुवन दाहाल र संगित चा‌ैतारी नामको युटुव च्यानलबाट सार्वजनिक गरिएको बिष्टले बताए ।गीत संगितका पारखि गायक दिपेन्द्र विष्ट मायालु मनले एक दर्जन बढी गीतमा स्वर तथा शब्द भरिसकेका छन् ।

सानै उमेर देखि प्रत्यक्ष देउडा खेलेर सुदूरको कला र संस्कृति चिनाउन र संरक्षण गर्न लागि परेका गायक बिष्टले यस अघि पनि मरेपछि यो शरिर, गोकुलेकी मेला,तेरि पिरति मेरा लागि,झलकन्या दन्तकी पाटी, मेरो जीवन तहस नहस जस्ता देउडा एल्बमहरु बजारमा आइसकेका बताए ।

आफुले ल्याएका हरेक प्रस्तुतिलाई दर्शक स्रोताले अपार माया दिएको उनले बताए । उनको जा माया बैतडी ग‌ैजा नामक नयाँ देउडा गीत पनि छिट्टै बजारमा आउने समेत बिष्टले बताएका छन।

ताजा समाचार

सम्बन्धित समाचार