शुक्लाफाट राष्ट्रिय निकुञ्जमा हात्ती मृत फेला

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाट राष्ट्रिय निकुञ्जमा भाले हात्ती मृत फेला परेको छ ।

बिहिबार शुक्लाफाटा राष्ट्रिय निकुञ्जको महाकाली नदिको छेउमा पर्ने १० नम्बर स्थानमा सडेको अवस्थामा अन्दाजी ८–९ वर्षेको भाले हात्ती मृत फेला परेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताएका छन् ।

साहका अनुसार आज बिहिबार मृत फेला परेको भाले हात्तीको अवस्था हेर्दा तिन हप्ता अगाडि नै मृत्यु भएको हुन सक्ने बताएका छन् । तर मृत फेला परेको हात्ती पुर्ण रुपमा सडेको हुदा मृत्युको कारण पत्ता लगाउन असहज भएको अधिकृत साहको भनाई रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार