महेन्द्रनगर । कञ्चनपुरमा बयस्क हात्ती मृत फेला परेको छ ।
जिल्लाको दोधारा चाँदनी नगरपालिका ३ बडुवाल टोल नजिक नेपाल–भारतको दशगजा क्षेत्रमा बयस्क हात्ती मृत फेला परेको शुक्लाफाटा राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत मनोज साहले बताए ।
बिहिबार बिहान मृत फेला परेको हात्तीको के–कती कारण मृत्यु भएको भन्ने अनुसन्धान बाट पुष्टि हुने साहको भनाई रहेको छ । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज लगाएत विज्ञको टोली घटना स्थल प्रस्थान गरिसकेको प्रमुखले बताए ।
