महेन्द्रनगर । आज (सोमबार)सिँचाई दिवस एंव जलस्रोत तथा सिँचाई विभागको ७२ औ वार्षिकोत्सव ।
महाकाली सिँचाई व्यावस्थापन कार्यालय कञ्चनपुरले ‘‘समृद्ध नेपालको आधार समपुर्ण कृषि योग्य जमिनमा सिँचाईको विस्तार’’भन्ने मुल नाराका साथ ७२ औ वार्षिकोत्सव मनाएको छ ।
कार्यालयले ७२ औ सिँचाई दिवसको अवसर पारि कार्यालयका कर्मचारी तथा निर्माण व्यावसायिलाई सम्मान पत्र सहित सम्मान गरिएको महाकाली सिँचाई व्यावस्थापन कार्यालय कञ्चनपुरका प्रमुख प्रमोद तिम्सिनाले बताए ।सम्मानित हुनेमा कार्यालयका हलुका सवारी चालक मुरलिधर बोहरा र चन्द विकास –सनराइज–मष्टा जे.भी रहेका छन् ।
हलुका सवारी चालक बोहराले विगत लामो समयदेखि हलुका सवारी चालककमो रुपमा कार्यालयलाई भौतिक रुपमा उल्लेखनिय योगदान पुर्याउदै आएको भन्दै सम्मान गरिएको हो ।
त्यस्तै चन्द विकास –सनराइज–मष्टा जे.भीलाई भने कार्यालयको नव निर्मित भवनको निर्माण कार्य निर्धारित समयमै सम्पन्न गरेको भन्दै सम्मान गरिएको कार्यालय प्रमुख प्रमोद तिम्सिनाले बताए ।कार्यक्रममको प्रमुख अतिथि राष्ट्रिय सिँचाई जल उपभोक्ता महासंका उपाध्यक्ष भीम बहादुर थापा रहेका थिए।कार्यक्रम सोमबार कार्यालयको सभाहलका सम्पन्न भएको थियो ।


