महेन्द्रनगर । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं २ स्थित कञ्ज काठमाडौँ टोलकी २८ वर्षीया राखी राना मृत फेला परेकी छिन्।
आफ्नै घरको कोठाभित्र मृत अवस्थामा फेला भेटिएकी हुन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश प्रशाद जोशील अनुसार मृतक राना कोठाभित्र लडेको अवस्थामा फेला परेको बताए । । घटनास्थलमा चुन्नी समेत फेला परेको छ, जसले घटनालाई शंकास्पद बनाएको छ।
मृतकसँगै उनका श्रीमान् रामबहादुर राना, एक छोरा र एक छोरी पनि सोही घरमा बस्दै आएका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहे पनि प्रारम्भिक चरणमा प्रहरीले शंका जनाउँदै अनुसन्धान कार्य तीव्र बनाएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता उमेश प्रशाद जोशीले बताए । प्रवक्ता जोशीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान भइरहेको र घटनाको कारण पत्ता लगाउन आवश्यक सबै कदम चालिएको जानकारी दिएका छन्।
प्रहरीले मृतकको शव परीक्षणका लागि अस्पताल पठाएको छ भने श्रीमानसहित परिवारका अन्य सदस्यसँग पनि सोधपुछ गरिरहेको जनाएको छ।