निर्माण कार्य अलपत्र पार्ने दश निर्माण कम्पनीलाई पुर्वाधार कञ्चपुरले सोध्यो अन्तिम स्पष्टिकरण, नामावली सहित

Published by:

Published on:

महेन्द्रनगर । पुर्वाधार विकास कार्यालय कञ्चनपुरले निर्माणको काम अलपत्र पार्ने र ठेक्का निर्माण कार्यको प्रगती सन्तोषजनक नभएका दश निर्माण कम्पनीहरुको नाम सार्बजनिक गर्दे स्पष्टिकरण सोधेको छ ।

कार्यालयले काम नगर्ने दश निर्माण कम्पनीहरुलाई राष्ट्रिय पत्रिकामा सुचना प्रकाशित गर्दे किन ठेक्का अन्त्य नगर्ने? भन्दै स्पष्टिकरण सोधेको हो ।

निर्माण कार्य अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई पुर्वाधार विकास कार्यालयले पटक –पटक मौखिक तथा लिखित ताकेता गर्दा समेत वेवास्ता गर्ने दश निर्माण कम्पनीहरुलाई समझौता शर्त एवं प्रचलित कानून बमोजिम ठेक्का अन्त्य किन नगर्ने?भन्दै ७ दिन भित्र अन्तिम स्पष्टिकरण पेश गर्न सूचना प्रकाशित गरेको पुर्वधार विकास कार्यालयका कार्यालय प्रमुख योगेन्द्र अधिकारीले बताए ।

अधिकारीका अनुसार निर्माण कार्य अलपत्र पार्ने र कार्यलयको आदेशलाई आल–टाल गर्ने तथा जनतालाई अनावश्यक दुःख दिने निम्न निर्माण कम्पनी चन्द ग्रुप एण्ड सप्लायर्स प्रा.लि,एम डि ग्रुप महेन्द्रनगर,शुभम् कन्सट्रक्सन लालझाडि,महाकाली कन्सट्रक्सन कम्पनी भीमदत्त ४,एस एन निर्माण तथा परामर्श सेवा,नागार्जुन निर्माण सेवा,राधा भानु निमार्ण सेवा,मछान बाशुलिङ्ग जे.भि महेन्द्रनगर,गणपति कन्सट्रक्सन,आर.पि कन्सट्रक्सन भी.न.पा ५ गरि दश निर्माण कम्पनीहरुलाई अन्तिम ताकेता अनुसार स्पष्टिकरण पेश गर्ने सूचना प्रकाशित गरिएको प्रमुले बताए ।

सूचना प्रकाशित भएको दिन देखि ७ दिन भित्र निर्माण कार्य सूचारु नगरे वा ७ दिन भित्र कार्यालयमा स्पष्टिकरण पेश नगरे अन्यथा ठेक्का समझौता शर्त,सार्ववनिक खरिद ऐन,सार्वजनिक खरिद निमावली,र प्रचलित कानून बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन कार्यालय बाध्य हुने ब्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार