कञ्चनपुरमा एसपीका घुमुवा सुनार माथि रड प्रहार

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरमा एसपीका घुमुवा रहेका सागर सुनार माथि रड प्रहार भएको छ ।

शुक्रबार राती जिल्लाको भीमदत्त नगरपालिका ११ भुजेला चौबिससत्तामा भुवन ठगुन्ना लगाएत २०÷२५ जनाको तस्कर समुहले सुनारको टाउकोमा रड प्रहार गरी घाईते बनाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारी का एसपी लोकेन्द्र भट्टले बताएका छन् ।

शुक्रबार राती श्रीलङकाको टोली सहित ड्युटीमा खटिएका सहायक हवल्दार सागर सुनारलाई २०÷२५ जनाको तस्कर समुहले एक्कासी सुनारको टाउकोमा रड प्रहार गरेको एसपी भट्टको भनाई रहेको छ । भट्टले सिमानाका बाट हुने अवैध चोरी तस्करी रोक्न खोज्दा सुनार माथि तस्कर समुहले हमला गरेको बताएका छन् ।

३५ नम्बर गण झलारीमा कार्यरत सुनार भीमदत्त नगरपालिका १० का स्थानीय समेत हुन ।एसपी भट्टका घुमुवा समेत रहेका सुनारको रड प्रहार घटनाको थप वास्तविकता बुझ्न आभाष डट.कमले एसपी भट्टलाई फोन गर्दा भट्टले घटनालाई सामान्य हो भन्दै, घटनाको थप जानकारी दिन आनाकानी गर्दै फोन काटेका छन्।

तर स्रोतका अनुसार रड प्रहार बाट घाईते सुनारको टाउकोमा गम्भीर चोट लागेको र सुनारको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भईरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी उमेश जोशीले घटना बारे थप आवश्यक कारबाहिको लागि भीमदत्त नगरपालिका ११ बस्ने भवानी ठगुन्ना (भुवन )र घाईते पक्षबाट उजुरी परेको बताएका छन् ।

।सशस्त्र प्रहरीले घटनामा संङलग्न भनिएका भवानी ठगुन्ना (भुवनले) भने एक अपरिचित व्याक्तिले एक्कासी घरमा घुस्न खोज्दा चोर होकी भनेर संका लागेर धरपकट गर्ने खोज्दा घटना घटेको बताएका छन्। ठगुन्नाको भनाई अनुसार बिस्तारै बुझ्दै जादा सिबिलमा रहेका मानिस ३५ नम्बर गण झलारी का एसपी लोकेन्द्र भट्टका घुमुवा समेत रहेका र उनी बैशाख २ गते सम्मका लागि घर विदामा समेत रहेको दाबी गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार