सुदूरपश्चिम सरकारका सचिव लिलाधर सुवेदी माथि कारवाहीको माग

Published by:

Published on:


महेन्द्रनगर । विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन पत्रकारहरु विरुद्ध फेसबुकमा जथाभावी लेख्ने सुदूरपश्चिम प्रदेश सरकारका एक जना सचिवमाथि कारवाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव लीलाधर सुवेदीले आफ्नो फेसबुकमा लेखेको स्टाटसप्रति नेपाल पत्रकार महासंघ प्रदेश समिति कारवाहीको माग गरेको हो ।

महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरतबहादुर शाहले शनिबार विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कानुन सचिव सुवेदीले समग्र पत्रकारिता क्षेत्र र मिडिया हाउसहरूलाई बदनामित हुने गरी आफ्नो फेसबुक वालमा लेखिएको स्टाटसप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

सचिव सुवेदीले आफ्नो वालमा ‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना’ भन्दै फेसबुक स्टाटस लेखेका छन् ।

‘आफ्नो बारेमा प्रकाशित समाचारका विषयमा विमति भए कानुनी उपचार खोज्नुको सट्टा समग्र पत्रकारिता क्षेत्रलाई नै बदनामित हुने गरी स्टाटस राखिएको घटना भत्र्सनायोग्य र निन्दनीय छ । कुनै पत्रकारले पैसा खाएर समाचार लेखेको भए, त्यसको सप्रमाण महासंघको प्रदेश समितिलाई उपलब्ध गराउन पनि महासंघ सचिव सुवेदीलाई चुनौती दिन चाहन्छ’, अध्यक्ष शाहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार