बुद्ध जयन्तीको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयमा विशेष कार्यक्रम सम्पन्न

Published by:

Published on:

महेन्द्रनगर ।कञ्चनपुरको भिमदत्त नगरपालिकामा रहेको रेडियन्ट माद्यमिक विद्यालयले २५६९ औं बुद्ध जयन्तीको अवसरमा विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी बुद्ध जयन्ती मनाएको छ । बुद्ध जयन्तीको अवसरमा विद्यालयमा विद्यार्थीहरु तथा शिक्षक, शिक्षिकाहरुले बुद्धको फोटोमा पुजा गर्नुका साथै विद्यार्थीहरुले शान्तिका अग्रदुत भगवान गौतम बुद्धको बारेमा आफुले जानेका तथा बुझेका कुराहरु बर्णन गरेका थिए । त्यस्तै विद्यार्थीहरुले भगवान गौतम बुद्धको चित्र कोर्नुका साथै उहाँले दिनुभएका उपदेशहरुको बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रमा सो विद्यालयका नेपाली विषयका शिक्षिका सुनिता कार्की बोहराले बिद्यार्थीहरुलाई भगवान गौतम बुद्धको बारेमा जानकारी दिनुका साथै सम्पूर्ण विद्यार्थीहरुले असल मानव बन्नका लागि बुद्धले दिएका उपदेश तथा पञ्चशिलका सिद्धान्तहरुको पालना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार