रहेनन् साँफेबगरका प्रतिष्ठित ब्यापारी खेमराज कुँवर

Published by:

Published on:

अछाम । साँफेबगर नगरपालिका ३ हाटबजारका प्रतिष्ठित व्यवसायी खेमराज कुँवरको निधन भएको छ । उनको हिजो भारतको दिल्लीमा उपचारको क्रममा निधन भएको हो । खुट्टाको क्यान्सरको अप्रेशनपछि ‘फ्लोअफमा’ फागुन महिनामा भारतको दिल्ली गएका कुँवरको उपचारको क्रममा निधन भएको हो ।


हाटबजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका कुँवर एक सफल,प्रतिष्ठित,व्यवसायी र समाजसेवीको रुपमा परिचित थिए । कुँवरको अन्तिम संस्कार धनगढी गरिने आफन्तले जानकारी दिए । बृद्ध वुवाआमा धनगढी भएकै कारणले उनको अन्तिम दाहासंस्कार धनगढी गरिने आफन्तले बताए । २०२७ सालमा जन्मिएका कुँवरको २०८२ बैशाख ३० गते निधन भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार