बुवाको अन्तिम संस्कार गरि फर्केका छोराको सवारी दुर्घटनामा मृत्यु

Published by:

Published on:

बुवाको अन्तिम संस्कार गरि फर्केका छोराको सवारी दुर्घटनामा मृत्यु

अछाम । बुवाको दाहसंस्कार गरेर फर्किदै गर्दा कार दुर्घटनामा परेर छोराको मृत्यु भएको छ ।अछामको साँफेबगर नगरपालिका–१ बैजनाथका झंकर नाथ योगीको भारतको बैंग्लोरमा भएको दुर्घटनामा मृत्यु भएको थियोे ।

बुवाको दाहसंस्कार गरेर फर्कने क्रममा उनका ३५ बर्षिय छोरा छोरा हर्ष नाथ योगीको भारतको महाराष्ट्रको कोल्हापुरमा गाडी दुर्घटनामा परि घटनास्थलमै मृत्यु भएको हो ।

मृतक नाथका दुई छोरा र बुहारी दुर्घटनामा गरी गम्भीर घाइते भएको साँफेबगर नगरपालिका १ का वडा सदस्य प्रेमनाथ योगीले बताए । वडा सदस्य नाथका अनुसार छोरा पुष्कर नाथ योगी, दिनेश योगी र बुहारी निशा योगी दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।

यस्तै सोही दुर्घटनामा मातृभूमि जागरण अभियान नेपाल भारत प्रबासका केन्द्रीय सचिवालय सदस्य एवं गुजरात राज्य ईन्चार्ज साँफेबगर नगरपालिका वडा नं ८, चण्डिका निवासी कृष्ण कुँवर समेत घाईते भएका ,दुर्घटनामा परेका चारै जनाको भारतमा उपचार भईरहेको मातृभूमि जागरण अभियान नेपाल भारत प्रवासका केन्द्रिय संयोजक डम्वर रावलले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार