धनगढी । हावाहुरीले ढलेको रुख लागेर कैलालीमा एक शिक्षकको मृत्यु भएको छ । जिल्लाको राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको हावाहुरीका कारण ढलेको रुख लागेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार बिहानको हावाहुरीले ढलेको रूख लागेर भण्डारी गम्भीर घाईते भएका थिए ।
गम्भीर घाईते भण्डारीलाई उपचारका लागि माया मेट्रो अस्पताल धनगढी ल्याईएकोमा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक ९डिएसपी० राजकुमार सिँहले जानकारी दिए ।
५२ वर्षिय भण्डारी घोडाघोडी नगरपालिका–१, सुन्दर टोलका बासिन्दा हुन ।
