कञ्चनपुरका ९ स्थानीय तहमा ४० करोड बढी बेरुजु, सबैभन्दा बढी बेरुजु बेलौरी नगरपालिकामा

Published by:

Published on:

महेन्द्रनगर । कञ्चनपुरका ९ स्थानीय तहमा ४० करोडभन्दा बढी बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक लेखा परीक्षण प्रतिवेदन २०८२ अनुसार कञ्चनपुरका सात नगरपालिका र दुई गाउँपालिकाको बेरुजु ४० करोड ६० लाख ७१ हजार रुपैयाँ रहेको देखिएको हो ।

महालेखापरीक्षक तोयम रायको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷०८१ मा सबैभन्दा बढी बेरुजु बेलौरी नगरपालिकाको देखिएको छ । बेलौरीमा रु। १ अर्ब २५ करोड ९१ लाख ४७ हजारको लेखा परीक्षण गरिएकोमा ६ करोड ७३ लाख ४७ हजार रुपैंया बेरुजु देखिएको हो । सो पालिकाको आर्थिक वर्ष २०८०÷०८१ मा कुल रकमको ५।३५ प्रतिशत रकम भने बेरुजु देखिएको छ ।

कञ्चनपुरमा सबैभन्दा कम बेदकोट नगरपालिकामा १ अर्ब तीन करोड २२ लाख ६९ हजार रुपैंयाको लेखा परीक्षण गरिएकोमा ८२ लाख ७६ हजार रुपैंया बेरुजु देखिएको छ । जुन ०।४८ प्रतिशत बेरुजु हो ।

यस्तै, सोही आर्थिक वर्षमा बेदकोट पछि शुक्लाफाँटा नगरपालिकाले बेरुजु घटाएको छ । शुक्लाफाँटामा एक अर्ब ५८ करोड ४१ लाख ३९ हजारको लेखा परीक्षण गर्दा १ करोड १३ लाख २० हजार रुपैयाँ बेरुजु रहेको छ । जुन ०।७१ प्रतिशत बेरुजु हो ।

अघिल्लो आवमा अत्यधिक बेरुजु रहेको भीमदत्त नगरपालिकामा भने गत आर्थिक वर्षमा ४।२४ प्रतिशत बेरुजु रहेको छ । जुन बेलौरीपछि बेरुजु अत्याधि रहेको दोस्रो पालिका हो । तीन अर्ब ५३ करोड १८ लाख ३१ हजार रुपैंयाको लेखा परीक्षण गर्दा भीमदत्तमा १५ करोड १ लाख ६८ हजार रुपैंया बेरुजु रहेको छ ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को १ अर्ब ८६ करोड ३७ लाख ७४ हजार रकमको लेखा परीक्षण गर्दा ४ करोड ७१ लाख १४ हजार रकम बेरुजु देखिएको छ । उक्त पालिकामा गत वर्ष २।५३ प्रतिशत बेरुजु रहेको छ ।

पुर्नवास नगरपालिकामा गत आर्थिक वर्षमा १ अर्ब २६ करोड २२ लाख १२ हजार रकमको लेखा परीक्षण गर्दा २ करोड ८६ लाख ८ हजार रकम बेरुजु देखिएको छ । जुन २।२७ प्रतिशत बेरुजु रकम हो ।

यस्तै, दोधारा चाँदनी नगरपालिकामा ९९ करोड ४२ लाख ४८ हजार रकमको लेखा परीक्षण गर्दा ३ करोड ८४ लाख ९५ हजार रुपैंया बेरुजु देखिएको छ । जहाँ गत आर्थिक वर्षमा ३।८७ प्रतिशत बेरुजु रहेको छ ।

दुई गाउँपालिका रहेका जिल्लामा बेलडाँडी गाउँपालिकामा अत्यधिक बेरुजु रहेको छ । बेलडाँडी गाउँपालिकाको ६७ करोड १ लाख ७४ हजार रुपैंयाको लेखा परीक्षण गर्दा २ करोड ७२ लाख १७ हजार रुपैंया बेरुजु देखिएको छ । जुन कुल लेखा परीक्षणको ४।०६ प्रतिशत बेरुजु हो ।

यस्तै, लालझाँडी गाउँपालिकामा आव ०८०÷०८१ मा ९३ करोड ९० लाखको लेखा परीक्षणका क्रममा २ करोड ७५ लाख २६ हजार रुपैंया बेरुजु रहेको छ । सो पालिकामा उक्त आर्थिक वर्षमा २।९३ प्रतिशत बेरुजु रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार