पुलिसको इन्स्पेक्टरको हु भन्दै ठगी गर्ने ब्याक्ती पक्राउ

Published by:

Published on:

काठमाडौं — भक्तपुरको ठिमी नगरपालिका–२ स्थित दिव्यस्वरी क्षेत्रबाट नक्कली प्रहरी इन्स्पेक्टर बनेर हिँड्दै गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला साल्पासिलिछो गाउँपालिका–३ निवासी २३ वर्षीय सुजन गिरी हुन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, उनलाई नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट नियन्त्रणमा लिइएको हो।

गिरीले आफ्नो मोबाइलको वालपेपरमा प्रहरी इन्स्पेक्टरको पोशाकमा खिचिएको फोटो राखी सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरेका थिए। नक्कली प्रहरी बनेर सार्वजनिक स्थानमा अशान्ति फैलाउँदै हिँडेको भन्ने उजुरीको आधारमा ठिमी प्रहरी वृत्तले अनुसन्धान सुरु गरी उनलाई पक्राउ गरेको हो।

Oplus_131072

ताजा समाचार

सम्बन्धित समाचार