महेन्द्रनगर । कम्युनिष्ट युवा संगठन नेपालको सदस्य बताउने केही युवाले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम विचारी ठाकुरलाई कालो मोसो दलेका छन् ।
बिहीबार दिउँसो केही युवाले कार्यालयमै पुगेर मोसो दलेका हुन् ।
प्रहरीले अहिले ती युवालाई खोजिरहेको छ । सूचना पाएपछि प्रहरीलाई त्यसतर्फ पठाइसकेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी खड्कबहादुर खत्रीले बताए ।
एसपी खत्रीले भने, ‘कसले र किन कालोमासो छ्यापे भन्ने आइसकेको छैन’,