महाकाली अस्पताल द्धारा सर्पदन्शको अभिमुखिकरण

Published by:

Published on:

महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालले मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरुलाई सर्पदन्श सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

अस्पतालले अस्तालमा कार्यरत मेडिकल अधिकृत, र स्वास्थ्यकर्मी गरि ६२ जना मर्कचारीहरुलाई सर्पदन्श सम्बन्धी अभिमुखिकरण गरेको महाकाली प्रोदशिक अस्पतालका निमित्त प्रमुख मेसु डाक्टर अर्जुन भट्टले बताए । भट्टले बर्खाको समय सुरुभएसंगै अस्पतालमा सर्पदन्शका घटनाहरु आउने भएकाले अस्पतालमा रहेका मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरु लगाएत नयाँ आएका कर्मचारीहरुलाई समेत सर्पदन्श सम्बन्धी अभिमुखिकरण गरेको मेसु भट्टले बताए ।

आर्थीक वर्ष २०८१÷०८२ को तथ्याङ्क अनुसार महाकाली अस्पतालले ३६ जना सर्पदन्शका विरामीहरुको उपचार गरेको निमित्त मेसु डाक्टर अर्जुन भट्टको भनाई रहेको छ ।अभिमुखिकरण तालिममा मुख्य प्रशिक्षक निमित्त मेसु डाक्टर अर्जुन भट्ट रहेका थिए भने ग्रिस अवस्थी एमडिजिपि,डा मुकेश गामि एनेस्थेसीया लोजिस्ट,सर्जन धर्मानन्द भट्ट लगाएतका डाक्टरहरुले प्रशिक्षण दिएका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार