महेन्द्रनगर । भुवनेश्री विद्यामन्दिर गड्डाचौकी परिवारले रक्त क्यान्सर जस्तो रोगसंग लडिरहेका विरामी मनोज जोशीलाई स्वास्थ्य उपचारको लागि आर्थीक सहयोग गरेको छ ।
जिल्लाको शुक्लाफाटा नगरपालिका वडा न ५ निवासी केशव दत्त जोशीका छोरा मनोज जोशीको स्वास्थ्य उपचारको लागि भुवनेश्वरी विद्यामन्दिर परिवारले आर्थिक सहयोग गरेको भुवनेश्वरी विद्या मन्दिरका प्रधानाध्यापक सत्यस चन्दले बताएका छन् ।
काठमान्डौ स्थित शिक्षण अस्पतालमा उपचार्थ रहेका मनोज जोशीको परिवारको आर्थिक अवस्था कमजोर भएकोले मनोजको उपचारमा समस्या आएको हो। सहयोग अपीलयस विद्यालय परिवारको गहिरो ध्यानाकर्षण गराउँदै मनोज जोशीको स्वास्थ्य उपचारको लागि ७२ हजार ९ सय आठँ रुपैया उपचार सहयोग गरेको भुवनेश्री विद्या मन्दिरकी लेखा प्रमुख सुनिता कुवँरले बताईन् ।






