महेन्द्रनगर । कञ्चनपुरको एक नमुना विद्यालय देशभरीमै उत्कृष्ट विद्यालय घोषणा भएको छ । भीमदत्त नगरपालिका १८महेन्द्रनगर कटानमा रहेको महेन्द्रनगर नमुना विद्यालय९साधारण स्कुल० उत्कृष्ट भएको हो ।
सामुदायिक विद्यालयका हेडसरहरुको साझा सगठन प्रिन्सिपल एसोसिएसन अफ नेपाल९पान०ले महेन्द्रनगर नमुना मावि९साधारण स्कुल०लाई उत्कृष्ट विद्यालय पुरस्कार समेत प्रदान गरेको छ ।
पानले शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता, नविनत पहल गरेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गरेको भन्दै शुक्रबार पोखरामा एक कार्यक्रमका विच विद्यालयलाई पुरस्कार दिएको जनाएको छ ।
शिक्षा विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्त, शिक्षा स्वास्थ्य तथा सुचना प्रविधी सभापति अमर बहादुर थापाले महेन्द्रनगर माविका अध्यक्ष बिरेन्द्रराज विष्टलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरेका छन । प्रिन्सिपल एसोसिएसन अफ नेपाल९पान०का अध्यक्ष सुदाम प्रशाद गौतमले शिक्षा विद समेत रहेका प्राडा विद्यानाथ कोईराला नेतृत्वको मुल्याङ्गकन समितिले २५ शैक्षिक मापदण्डका आधारमा साधारण स्कुल छनौट गरेर पुरस्कार दिएको हो ।
हजारौँ विद्यार्थी रहेको महेन्द्रनगर नमुना मावि शैक्षिक गुणस्तरलाई निरन्तरता दिएको छ । पुरस्कार पाएपछि महेन्द्रनगर नमुना मावि९साधारण स्कुल०का अध्यक्ष बिरेन्द्रराज विष्टले उक्त सफलतामा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभाव, समितिको मेहनत रेखदेखको परिमाण भएको बताए ।अध्यक्ष विष्टले शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारी, समुदायप्रति हार्दिक आभार प्रकट गर्दै आगामी दिनमा शिक्षा सुधारका कार्यक्रम निरन्तर थप नविनतम अघि बढाउने प्रतिबद्धता जाहेर गरेका छन ।
