ईन्टरनेश्नल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर

Published by:

Published on:

महेन्द्रनगर ।कंचनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरमा रहेको ईन्टरनेशल स्कुलमा निःशुल्क स्वास्थ्य शिबिर संचालन गरिएको छ ।

विद्यालयले शैक्षिक क्यालेण्डर अनुरुप शनिबार निःशुल्क स्वासथ्य शिबिर संचालन गरिएको विद्यालयले जनाएको छ । नाक, कान र घाँटी सम्बन्धी विशेषज्ञ चिकित्सहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ ।

नाक, कान घाटी सर्जन डा। प्रशान्त भट्ट डा। सृष्टी श्रेष्ठले स्वाथ्य परीक्षण एव उपचार गरेका थिए । २सय ५५ विद्यार्थीको निःशुल्क स्वाथ्य परीक्षण गरिएको जनाएको छ । विद्यालय संचालक समितिका अ्रध्यक्ष गौराज बहादुर लिम्ँबुले विद्यार्थीका बेला बेलामा विद्यालयमै स्वास्थ्य परीक्षण गराएर उनीहरुको नियमित पठन पाठनका कृयाकलापमा सहजताका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराएको बताए ।

विशेषज्ञ चिकित्सक विद्यालयमै व्यवस्थापन गरेर निःशुल्क स्वास्थ्य परीक्षण, परामर्स पाएपछि विद्यार्थी लाभान्वित भएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार