महेन्द्रनगर । कञ्चनपुरको सीमावर्ती बेलौरीमा प्रहरी सहायक निरिक्षक माथि कुटपिट भएको छ । ईलाका प्रहरी बेलौरी मातहत रहेकोे पचुई प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक धीर बहादुर चन्दमाथि कुटपिट भएको हो ।
असई चन्दमाथि २१ जेठमा कुटपिट भएपनि कुटपिट भएको भिडियो सातापछि समाजिक सञ्जालमा भाईरल भईरहेकोे छ । समाजिक सञ्जालमा भाईरल भएको भिडियोमा प्रहरी दिनदहदै कुटपिटमा परे भन्दै पोष्ट भएको भिडियो भाईरल भईरहेको छ ।
किसानले ल्याएको १ बोरा मल बरामद गरेको भन्दै स्थानिय राहुल राना सहितका केही मान्छेले प्रहरी संग विवाद भएको बुझिन्छ । त्यस पश्चात् विवाद उत्कर्षमा पुगेपछि असई चन्दलाई लछारपछार गरेर तानेर लैजान्छन । असई चन्दको गन्जी सहित लुछेर स्थानियले एक युवकले लछारदै गरेको भिडियोमा देखिन्छ ।
सोही दिन ईप्रका बेलौरीका इन्चार्ज भाष्कर चन्द सहितको उपस्थितिमा एक आपसमा छलफल गरेर घटना मिलापत्र गरेको पाईन्छ । गैर कानुनी रुपमा ल्याएको मल बरामद गरेका प्रहरीमाथि कुटपिटकोे यो घटना एक आपसमा माफि मागेर टुङगिएको बताईन्छ ।
स्थानिय राहुल रानाले स्थानिय किसानहरूलाई भारतबाट मल ल्याउदा विनाहकमा लाईन मागेको र स्थानियलाई स(साना विषयमा समेत हैरानी गरेको प्रहरी सहायक निरिक्षक चन्दमाथि आरोप लगाएका छन् । आक्रोेशमा आएर घटना हुन पुगेको रानाले मिलापत्र गर्दाका बखत माफि समेत मागेको थिए ।
घटना जे जस्तो भएपछि हातपात गर्नु थिएन, कञ्चनपुर प्रहरी प्रमुख एसपि खड्क बहादुर खत्रीले बताउनु भयो । “प्रहरीले गैरकानुनी रूपमा समान धेरै नल्याउनुहोस भनेको रहेछ, सिभिलमा गस्तिमा निस्किएका असई चन्दले मल बरामद गर्न खोज्दा विवाद भएपछि उनीमा हातपात भएको हो, एसपि खत्रीले बताए ।”
घटनामा संलग्न एक जना बेलौरी ८ का ३२ बर्षिया राहुल राना पक्राउ परेका छन् । उनी माथि अनुसन्धान अगाडि बढाएका छौ, उनीमाथि अबद्र व्यवहारको मुद्वा चलाउने तयारी छ, एसपि खत्रीले कञ्चनपुर खबरसंग भने ।
भिडियो भाईरल भएपछि घटनामा कञ्चनपुर प्रहरीले चासो देखाएको हो । घटनामा संलग्न अन्य माथि समेत खेजीकार्य भईरहेको एसपि खत्रीले बताउनु भयो । यो घटनाको अहिले चौतर्फि चर्चा भईरहेको छ ।
