महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर १० ले वडालाई पुर्ण खोप घोषणा गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १० मा रहेको जिमुवा स्वास्थ्य चौकी र वडाको सहकार्यमा बुधबार वडालाई पुर्णखोप सुनिश्चिता तथा दिगोपना वडा घोषणा गरेको हो ।
प्रत्येक बर्ष चैत महिनाबाट सुरु हुने पुर्ण खोप अभियानको कार्यक्रममा जन्म देखि ५ बर्ष सम्मका बालबालिकालाई १३ किसिमको रोग विरुद्ध लड्ने ६ वटा खोप लगाईन्छ ।
यो खोपअभियान वडा स्तरबाट पुर्णखोपको रुपमा घोषणा भई पुर्ण खोप नगरपलिका,हुदै स्वास्थ्य कार्यालयले जिल्ला लाई नै पुर्ण खोप जिल्ला घोषणा गर्छ ।भीमदत्त नगरपालिका १० ले भुवनेश्वरी मावि सुकासाल,डाईमन्ड ऐकेडेमी गड्चौकी र जिमूवा हेल्थ पोष्ट गरी ३ ठाँउमा खोपकेन्द्र संचालन गरी खोप सेवा प्रदान गरेको जिमूवा स्वास्थ्य चौकिकी सिनियर अनमी प्रतिभा भट्टले बताईन।
भट्टले यी विभिन्न खोप केन्द्रकबाट यो बर्ष दलित ७९,जनजाति ३,अन्य ५० गरी १ सय ५० बालबालिका खोपबाट लाभान्वित भएको भट्टले तथ्याङ्कमा उल्लेख गरेकी छन् । खोप अभियानमा निरन्तर रुपमा खटिगई खोप अभियानलाई पुर्णखोप वडाको रुपमा खोषणामा महत्वपुर्ण योगदान निर्वाह गर्ने १८ जना स्वयम् सेविकालाई कामको उच्च मुल्याङ्कन गर्दै खादा प्रशंसा –पत्र सहित सम्मान गरिएको भीमदत्त नगरपालिका १० का वडा .अध्यक्ष महेश चन्दले बताए ।
चन्दले वडामा रहेका स्वयम् सेविकाको अथक प्रयासले सदा स्मरण गर्दै बालबालिकाको पुर्ण खोपको अवस्था निरन्तर कायम राख्न उल्लेखनिय भूमिकाको अपेशा गरिएको बताए ।पुर्ण खोप कार्यक्रममा भीमदत्त नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रकाश शिह रावल प्रमुख अतिथि रहेका थिए ।वडा स्तरीय खोप समन्वय समितिका संयोजक महेश चन्द रहेका थिए भने वडा स्तरीय खोप समन्वय समितिका सदस्य सचिव सुदर्शन देव भट्ट रहेका थिए । कार्यक्रममा शिक्षक,नेपाल प्रहरी लगाएतको उपस्थिति रहेको थियो ।



